FLASH NEWS
  • Loading...

प्रसारणलाइन सञ्चालनसँगै १ सय मेगावाट बिद्युत् थपिदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौं– निर्माण सम्पन्न कटैया–कुसाह १३२ केभी प्रसारणलाइन र रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइन १५ दिन भित्रमा सञ्चालन हुने भएपछि १ सय मेगावट विद्युत् थपिने भएको छ ।
भारतको अनुदान सहयोगमा निर्माणाधिन उक्त प्रसारणलाइन सञ्चालनमा आउने भएपछि उक्त परिमाणमा बिद्युत् थपिने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार फागुनको तेस्रो सातासम्म दुवै प्रसारणलाइन सञ्चालनमा आउने र कटैया–कुसाहको काम सकिए पनि परवानीपुर रक्सौलको काम पनि अन्तिम अवस्थामा पुगेको बताउँदै उनले फेबुअरी अन्तिमदेखि दुवै प्रसारणलाइन सञ्चालनमा आउने भएको छ ।
दुबै प्रसारणलाइनबाट थप १ सय मेगावाट बिजुली आपूर्ति बढाउन सकिने अधिकारीले जानकारी दिए । नेपाल–भारत सचिवस्तरीय संयुक्त स्थायी समिति मंगलबार सम्पन्न बैठकमा दुवै प्रसारणलाइन फेबुरअरी अन्तिममा सञ्चालनमा ल्याउने सहमति भएको उनले बताए । थप आयात गर्ने बिजुलीको मूल्य भने तय हुन बाँकी रहेको र नेपालले भारतको एनभीभीएन विद्युत् व्यापार निगम लिमिटेडसंग व्यापारिक दरमा बिजुली किन्ने उनले जानकारी दिए । उता धनगढीमा बिजुली आपूर्ति बढाउन धनगढी–पालियाबाट थप १० मेगावाट बिजुली आयात गर्ने विषयमा सहमति भएको उनले जानकारी दिए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले यस विषयमा छिट्टै निर्णय भएको छ ।
ढल्केबर–मुज्जफरपुर अन्तरदेशिय प्रसारणलाइन १३२ केभीमा चार्ज गरेर भारतबाट १४५ मेगावाटसम्म बिजुली आयातलाई निरन्तरता दिई आउँदो मे महिनामा यसलाई २२० मा चार्ज गर्ने सहमति भएको छ । आगामी सन् २०१९ को अगस्टमा ४ सय केभीमा चार्ज गर्ने सहमति भएको छ ।
थप २ वटा प्रसारणलाइन सम्पन्न भएकाले भारतबाट आयात र निकासीका लागि आवश्यक पूर्वाधार तयार भएको अधिकारीले बताए ।
कटौया–कुसाहमा १३२ केभी क्षमताका २ वटा प्रसारणलाइन, ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन, रक्सौल–परवानीपुर, रामनगर–सुरजपुर, आनन्दनगर–बुटल, नेपालगन्ज, टनकपुर– महेन्द्रनगरबाट विद्युत् आदानप्रदान हुने गरी ठूला प्रसारणलाइन पूर्वाधार तयार भएको र बुटवल–गोरखपुर १३२ केभी प्रसारणलाइन सम्पन्नपछि प्रसारणलाइनको आवश्यक चक्रपथ (लुप) तयार हुने अधिकारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित