FLASH NEWS
  • Loading...

आधुनिक जीवनशैलीका कारण क्यान्सर रोगी संख्या बढ्दै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १११ पटक पढिएको
Post Thumbnail


काठमाडौं—सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि क्यान्सर तथा मुटु रोगीको संखया बढ्दै गएको छ ।
क्यान्सर काउन्सिल नेपालको आयोजनामा सेन्टजेभियर्स कलेजले आयोजना गरेको वातावरणीय प्रभाव, धुम्रपानको नकारात्मक असर, क्यान्सर तथा मुटु रोगको बारेमा जनचेतनामूलक कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले नेपालमा सूर्तिजन्य पदार्थको कारण र आधुनिक तरिकाको जीवनशैलीले गर्दा दिन प्रतिदिन क्यान्सर तथा मुटु रोगीहरूको सख्या बढ्दै गइरहेको बताए ।
जनचेतनाको अभाव र स्वास्थ्य सेवाको अभावमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सर रोगीहरू रोगको पहिचानै नभई मर्ने गरेको उनको भनाइ छ ।
उनका अनुसार जनचेतनामूलक कार्यक्रममार्फत क्यान्सर तथा मुटु रोगीको संख्या कम गराई स्वस्थ समाज निर्माणका लागि अति नै उपयोगी हुने बताए ।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र्रलाल कडरियाले नेपालमा ३४ हजारभन्दा बढी मानिस लागुपदार्थको कुलतमा फसेको बताए । सुरुको अवस्थामा युवाहरू सूर्तिजन्य पदार्थको प्रयोग गरेतापनि कालान्तरमा लागुपदार्थको सेवनमा फस्ने गरेको उनले जानकारी दिए ।
सेन्टजेभियर कलेजका कोअर्डिनेटर गजेन्द्र चन्दका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रम अति नै उपयोगी रहेको र क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरूलाई सूर्तिजन्य पदार्थबाट जोगाउन गरेको प्रयासलाई प्रशंसा गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित