FLASH NEWS
  • Loading...

‘लुट २’ प्रदर्शनले आक्रामक व्यापार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail

निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट-२’   देशभरका एक सय हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ । सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, रामेश्वर चौरासिया, सिर्जना सुब्बा, एलिसा राइ लगायतको यो चलचित्रमा मुख्य भूमिका छ ।

युटुब मार्फत यस चलचित्रको ‘ठमेल बजार’ बोलको गीतलाई  एक करोड बढी दर्शकले हेरिसकेका छन् । चलचित्र रिलिज नहुँदै यो गीतलाई युट्युवबमै करोड भन्दा बढी पटक हेरिएको छ ।

पहिलो चलचित्र ‘लुट’बाट चर्चामा आएका बस्नेत निर्देशित ‘लुट-२’प्रति आम दर्शक आशावादी छन् । उनको चलचित्रले बक्स अफिसमा राम्रो पकड जमाउनेमा दर्शकदेखि वितरक समेत आशावादी देखिएका छन् ।

निश्चलले यसअघि ‘लुट, टलकजंग भर्सेज टुल्के’ लगायतका चलचित्र बनाएका थिए । चलचित्रको व्यापार बिहानैदेखि आक्रामक देखिएको छ । काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा शनिबार र आइतबारसम्मकै टिकट पाउन गाह्रो पर्ने अवस्था छ । सिंगल हलमा पनि चलचित्रको बिहानी शो उच्च देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित