FLASH NEWS
  • Loading...

युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्यामा संलग्न पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail


बुटवलः युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठ जना पक्राउ परेका छन्। मुख्य अभियुक्त मनोज पुन भएको दावी गर्दै प्रहरीले तिवारी हत्‍यामा संलग्न आठ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। तिवारीको रुपन्देहीको देवदह नगरपालिकाको खैरेनीमा गत पुस ४ गते हत्या भएको थियो।
मुख्य योजनाकार रुपन्देही देवदह–६ का मनोजसहित अन्य चार जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र धानुकले मनोजको निर्देशन र मुख्य योजनामा हत्या गर्ने सिद्धार्थनगर नगरपालिका–१३ का विकास भनिने सोमबहादुर आले, तिवारीमाथि गोली प्रहार गर्ने सुटर राजु, गढिमाई नगरपालिका–१ का श्याम गुरुङ र हतियार तथा गोली दिने र राख्ने देवदह–३ सेमरानाको बाबु भन्ने तुलबहादुर सिंजाली अझै फरार रहेको जानकारी दिए।
प्रहरीले देवदह–६ का बसन्तबहादुर चापागाई, तिलोत्तमा–१५ का बुद्धिसागर यादव, तिलोत्तमा–१५ कै राजेश यादव, तिलोत्तमा–८ का प्रयास भनिने खेमानन्द भट्टराई, देवदह–८ का सागर थापा, धकधई–८ परासीको अंगद थारु र देवदह–९ का ऋषिश्वर कुमाललाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले हतियार ल्याउने, तिवारीका बारेमा सूचना दिने, हत्या गर्न मोटरसाइकलमा लैजाने र भगाउने सम्मको काममा संलग्नता रहेको प्रहरीले जनाएको छ।
त्यस्तै बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा. ५१ प ८०७३ नम्बरको मोटरसाइकल लुकाइछिपाई केही महिना अघिदेखि आफ्नो घरमा राखि दिएको र घटना हुँदाको दिन रोहणी पुलमा लगेर सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ।
पक्राउ परेको खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु २८ प २११९ नम्बरको मोटरसाइकलमा राखेर रोहणी पुलसम्म पुर्‍याएको र घटना पश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पुर्‍याएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित