FLASH NEWS
  • Loading...

‘लुट-२’ ले ‘ दुई दिनमा कमायो तीन करोड !

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
‘लुट-२’ ले ‘ दुई दिनमा कमायो तीन करोड !


काठमाडौं, फागुन १५ – ‘लुट-२’ ले दुई दिनमा ३ करोड भन्दा धेरैको कलेक्सन गरेको छ । फागुन १३ गते शुक्रबार रिलिज भएको सिनेमा ‘लुट-२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको छ । शिवरात्रीको अवसर पारेर रिलिज गरिएको सिनेमा अहिले काठमाडौंका सबै हलहरु र काठमाडाैं बाहिरका ८० वटा हलमा चलिरहेको निर्माता नरेन्द्र महर्जनले जानकारी दिएका छन् । महर्जनले शुक्रबार सिनेमाले कमाएको वास्तविक तथ्य नबाहिरिएको तर शनिबार सिनेमाले एक करोड ५० लाखभन्दा माथिको व्यापार गरेको बताएका छन् ।
निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा, प्रतिकराज न्यौपाने लगायत कलाकारको मुख्य भूमिका छ ।
तोड्यो छक्का पञ्जाको रेकर्ड
‘लुट–२’ दुई दिनमा तीन करोड भन्दामाथिको ग्रस कलेक्सन गर्दै छोटो समयमा नेपाली सिनेमामा धेरै कमाउने सिनेमा बनेको छ । यो भन्दा पहिले सिनेमा छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित