FLASH NEWS
  • Loading...

ओस्कार अवार्डः सर्वोत्कृष्ट चलचित्रको नाम गलत घोषणा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


उद्घोषकको गल्ती सच्याउँदै ८९ औं ओस्कार अवार्ड समारोह सम्पन्न भएको छ।
उद्‍घोषकले पहिले देखि नै चर्चामा रहेको लाला ल्याण्डले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको घोषणा गरेका थिए। तर, केहीबेरमा नै आयोजकले गल्तीका कारण यस्तो घोषणा भएको भन्दै ‘मुनलाइट’ले यो अवार्ड जितेको घोषणा गर्‍यो।
लाला ल्याण्डले छवटा अवार्ड हात पारेको छ। ‘बेस्ट डाइरेक्टर’, ‘बेस्ट ओरिजिलन स्कोर’, ‘बेस्ट सङ’ यो फिल्मले जित्यो। ‘सिनेम्याट्रोग्राफी’ र ‘प्रोडक्सन डिजाइन’को अवार्ड पनि यही चलिचित्रको पोल्टामा पर्‍यो। यो चलचित्र १४ विधामा मनोनित थियो।
मुनलाइटले ‘एडप्टेड स्क्रिन प्ले’ अवार्ड प्राप्त गर्‍यो।
यही चलिचत्रका लागि इम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। ‘म्यान्चेष्टर बाइ द सी’ चलचित्रका लागि केसी एफ्लेकले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे। सहायक कलकारको अवार्ड भने भिओला डाबिसले ‘फेन्सेज’ चलचित्रका लागि र महेर्शला अलिले ‘मुनलाइट’का लागि प्राप्त गरे।
‘म्यान्चेष्टर बाइ द सी’ र ‘ह्याक्स रिड्ज’ले दुई दुई वटा अवार्ड जिते। ‘ह्याक्स रिड्ज’ले साउण्ड मिक्सिङ र बेस्ट इडिटिङ अवार्ड प्राप्त गर्यो।
इरानी फिल्म ‘द सेल्सम्यान’ उत्कृष्ट विदेशी भाषाको फिल्मको पुरस्कार प्राप्त गर्‍यो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित