FLASH NEWS
  • Loading...

अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


दाङ, १७ फागुन । दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन् ।

लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ वर्षीय गौतम गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।

भण्डारी र गिरीले प्याथोलोजी र डेन्टल क्लिनिक स्वीकृति नलिएरै सञ्चालन गर्दै आएका थिए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति नलिएर जनताको स्वास्थ्यमा खेलवाड गरेको तथा औषधि समेत अवैधरुपमा बिक्री वितरण गरिरहेको भन्ने जनगुनासोको आधारमा भण्डारी र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित