FLASH NEWS
  • Loading...

क्रेसेन्ट एकेडेमीको बाषिर्कोत्सवमा स्मारिकाको दोहोरो बिजय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

 

ललितपुर / गोदावरीमा रहेको क्रेसेन्ट एकेडेमीको बिसौँ बाषिर्कोत्सवको अवसरमा आयोजित क्रेसेन्ट ट्यालेन्ट २०७३मा स्मारिका मगरले उत्कृष्ट नृत्याङ्गना र उत्कृष्ट क्रेसेन्ट ट्यालेन्ट गरि एकैसाथ दुर्इ उपाधी जितेकी छिन् । डी.पी.शाह “चक्रवर्ती”, बिना खड्का, ज्ञान बहादुर खड्का र सन्तोष कुँवर समेतको निर्णायक मण्डलले गौरव पुरीलाई उत्कृष्ट गायक,मनिष प्रधानलाई उत्कृष्ट अभिनेता चयन गरेको थियो भने एस.एम.एस. र प्रत्यक्ष मतदानको आधारमा कामना लिम्बु मोस्ट पोपुलर अवार्ड जित्न सफल भईन् । यसैगरि कक्षा एक देखि कक्षा पाँच सम्मका छात्र छात्राहरु सहभागि क्रेसेन्ट डान्सिङ्ग स्टार २०७३ को बिजेता सुभाष तामाङ भए भने अन्जना तामाङ्ग फस्टरनरअप र सदिक्षा आलेमगर सेकेण्ड रनरअप बन्न सफल भए । कक्षा आठकी छात्रा निरुता बुढाथोकीले स्टुडेन्ट अफ द एअरको उपाधि जित्न सफल प्रतियोगितामा प्याब्सन नेपालका पूर्व महासचिव बरिष्ठ शिक्षाविद् टि.आर.ढकालको प्रमुख आतिथ्यमा चलचित्रकर्मी तथा सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । चलचित्र बिकास बोर्डका सदस्य तथा हाँस्य कलाकार उत्तम के.सी., नायक बिशाल बिष्ट, गायिका तथा मोडल समृद्धि रार्इ, सञ्चारकर्मी ऋषिमाया पोख्रेल “प्रतिक्षा” र सुमनश्री पौडेल, नायिकाहरु सारिका घिमिरे र सबिता बिष्ट सहभागि समारोहमा हाँस्य कलाकार रेशम फिरिरिले बिभिन्न नेता तथा कलाकारहरुको क्यारिकेचर प्रस्तुत गरेर दर्शक हँसाउन सफल भएका थिए । समारोहमा प्रिन्सिपल गोबिन्द पुरीले समृद्धि राइलाई प्रतिभा सम्मान र शिक्षाविद् जनार्दन आचार्यलाई गुरु सम्मानबाट सम्मानित गरेका थिए । स्मरण रहोस् स्मारिकाले बि.सं.२०६९मा असाधारण प्रतिभा सम्मानबाट समेत सम्मानित भई सकेकी छिन । उप प्रधानाध्यापक प्रणय प्रधानको सँयोजनमा सञ्चालित कार्यक्रममा संस्थापक निर्देशक अनु पुरीले भविष्यमा पनि यस बिद्यालयले बिभिन्न अतिरिक्त कृयाकलापमा तदारुकता पूर्वक निरन्तरता  दिने बताईन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित