FLASH NEWS
  • Loading...

माेन्सान्टाे बिउ र यसकाे असर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०९ पटक पढिएको
Post Thumbnail

अर्जुनकुमार अर्याल, अधिवक्ता

माेन्सान्टाे अमेरिकामा बीउ उत्पादन गर्दै अाएकाे कम्पनी हाे । यस कम्पनीले विषादी प्रयाेग गरेर बीउ उत्पादन गर्दै अाएकाे छ । शुरूमा भियतनामकाे युद्दमा रासायनिक हतियार उत्पादन गर्दै अाएकाे यस कम्पनीले भियतनामकाे युद्द सकिएसँगै त्यही रसायनकाे प्रयाेग गरेर अमेरिकामा बीउ उत्पादन शुरू गरेकाे हाे । यस कम्पनीले उत्पादन गरेकाे बीउ मानव तथा अन्य जीवहरूकाे निम्ति घातक रहेपनि कम्पनी भने विश्वकाे बढ्दाे जनसङ्ख्याकाे खाद्यान्न माग धान्नकाे निम्ति खाद्य उत्पादन बढाउनु जरूरी रहेकाे भन्दै बीउ उत्पादन गरिरहेकाे छ । त्याे बिउ अवैधानिक रूपमा नेपालमा समेत भित्रिइरहेकाे छ ।

बिउमा नै कृत्रिम वंशाणुकाे प्रयाेग

यस कम्पनीले विभिन्न किसिमका रसायनहरू प्रयाेग गरेर बीउ उत्पादन गर्दै अाएकाे छ । यस कम्पनीले मकै लगायतका खाद्यबालीका बीउहरू उत्पादन गर्नकाे निम्ति माछाकाे वंशाणु, मकैकाे वंशाणु र अन्य विभिन्न रसायनहरू प्रयाेग गर्दै अाएकाे पाइएकाे छ ।

बढी उत्पादन दिने र किरा नलाग्ने कम्पनीकाे दाबी

कम्पनीले अाफूले उत्पादन गरेकाे मकैकाे बीउबाट धेरै उत्पादन लिन सकिने र कीरा समेत नलाग्ने स्वस्थ खाद्यबाली उत्पादन हुने दाबी गर्दै अाएकाे छ । यद्यपि बजारबाट बीउ कृषककाे खेतबारीमा अाइसके पश्चात् भने कम्पनीले दावी गरे अनुसारकाे परिणाम पाउन सकिँदैन । कम्पनीकाे दाबी बमाेजिमकाे बढी उत्पादन शुरूकाे बर्ष मात्रै हुने पाइएकाे छ, त्याे पनि सबै बालीमा भने हाेइन । साथै कीरा समेत लाग्ने गरेका छ । यद्यपि किरा नलाग्नुमा कम्पनीले शुरूमा बीउमा नै वरपरका कृषिबालीमा लाग्ने सामान्य कीराहरू मार्ने घातक रसायन बीउमा नै प्रयाेग गरेकाे छ । जसले इकाेलाेजिकल सिष्टमका असन्तुलन ल्याउनमा समेत महत्वपूर्ण भूमीका खेल्ने निश्चत छ ।

माेन्सान्टाे बीउकाे प्रभाव

माेन्सान्टाे कम्पनीबाट अप्राकृतिक रूपमा उत्पादन गरिएकाे बीउबाट उत्पादित अन्न खाँदा गर्भवती महिलाले छिटाे बच्चा जन्माउने, बच्चाकाे ताैल कम हुने, अस्यवस्सथ बच्चा जन्मने लगायतका प्रभावहरू वैज्ञानिक रूपमा नै पुष्टि भइसकेका छन् ।

जिएमअाे अर्थात जेनेटिकल्ली माेडिफाइड अर्गानिज्म प्रविधिबाट उत्पादित मकै र अहिले बिना रसायन (प्राङ्गारिक) उत्पादन भएकाे मकै एउटै बारीमा उत्पादन गरी गार्इ चराउन लैजाने हाे भने जिएमअाेबाट उत्पादित मकै गार्इले समेत खाँदैन । यस्ताे घातक बीउ नेपालमा भित्र्याउने हाे भने यसले नेपालकाे पारस्पारिक पद्दतिमा निकै जटिल परिणाम ल्याउने निश्चित छ ।

नकारात्मक प्रभावका विश्वका केही उदाहरणहरू

जमर्नमा यस कम्पनीले उत्पादन गरेकाे बीउ खाएका गार्इहरू मरेका छन् । मुसामा यस बीउकाे प्रभावकाे कारण शरीरका विभिन्न भागमा क्यान्सर भएकाे र यसैकारण मासुका डल्ला जस्ता ठूला घाउहरू पलाएका छन् । भारतमा यसै कम्पनीले उत्पादन गरेकाे बीउ किसानहरूले प्रयाेग गरेर कपास खेती गर्दा अनायासै ठूलाे सङ्ख्यामा अकालमा ज्यान समेत गुमाउनुपरेकाे छ ।

भारतकाे महाराष्ट्रमा कम्पनीकाे दाबीलार्इ विश्वास गरेर कपास खेती गरियाे । कम्पनीकाे दाबीकाे अलावा राज्य पक्षबाट बीउकाे प्रमाणिकरणकाे निम्ति पनि कुनै प्रक्रिया चालिएन । यसै कारण भारतकाे महाराष्ट्र क्षेत्रमा पूरै कपास खेती गरियाे । यसकाे निम्ति बैंकबाट कर्जा लिइयाे । तर कम्पनीकाे दाबी पूर्ण रूपमा झुटाे रहेकाे प्रमाणित त्यतिबेला मात्र भयाे, जतिबेला अाफूले बैंकबाट ठूलाे परिमाणमा कर्जा लिएर निकै मेहनतकाे साथ गरेकाे कपास खेतीबाट तुरून्तै शुरूकाे बर्ष नै प्रशस्तै कपास उत्पादन हुने र अाफूहरूले सहजै बैंककाे कर्जाकाे अलावा अन्य खर्चकाे निम्ति रकम जुटाउने अाशामा कृषकहरूले खेती गरिरहेका थिए । तर उत्पादनकाे क्रममा परिणाम ठीक उल्टाे अाउँदा कृषकहरू निराश भए ।

शुरूकाे बर्ष समेत राम्राे उत्पादन हुन सकेन । कपासमा कीरा लाग्याे । यसकारण ३ लाख मानिसहरू बैंकलाार्इ कर्जा तिर्न र बाँच्न सक्ने अवस्था नभएकाे कारण अात्महत्याकाे बाटाे राेज्न बाध्य भए । यसैकारण बिउ उत्पादक माेन्सान्टाे कम्पनीकाे उत्पादन विश्वभर नै विवादित भयाे । अहिले पनि विश्वबजारका ६० देशमा यस कम्पनीका बीउहरू विक्री गर्न पार्इंदैन ।

नेपालमा पनि वैधानिक रूपमै भित्र्याउने पहल र राेक्ने प्रयास ः

विश्वका ६० देशमा प्रतिबन्धित याे बिउ नेपालमा भने चाैधरी ग्रुपले भित्र्याउन लागेकाे थियाे । यसलार्इ हाम्रै पहलमा राेक्न सफल भएका छाैं । वैधानिक रूपमा अहिले सम्म कुनै पनि कम्पनीले याे बीउ नेपालमा नल्याएका भएपनि अवैधानिक रूपमा भने नेपालमा याे बीउ प्रवेश गरेकाे छ । यसले तत्कालकाे निम्ति केही मात्रामा उत्पादन बढेकाे देखिएपनि दीर्घकालकाे निम्ति निकै नै घातक छ ।

एकातिर यसले नेपालका माैलिक बीउबिजन नष्ट गर्ने निश्चित छ भने अर्काे तिर नेपालका माैलिक बिउबिजनहरू विदेशमा ट्रेडमार्क दर्ता भइ नेपालकाे अस्तित्व नै मेटिने खतरनाक अवस्था पनि अाउन सक्ने देखिएकाे छ । यसैकारण नेपाली कृषक तथा सराेकारवालाहरू यस गहन विषयमा सचेत हुनु जरूरी छ ।

कृषकहरू अाफ्नै पराम्परागत बीउमा नै रमाउने वातावरण बनाेस् ः

नेपाली कसुानहरूमा विकसित प्रविधि सँगै अाफूसँग भएकाे स्याहार गर्नुभन्दा बाहिरबाट ल्याउनमा नै रमाउने अवस्था श्रृजना भएकाे छ । कृषिकाे निम्ति सबैभन्दा महत्वपूर्ण वस्तु बीउ हाे । त्यही बीउकाे बारेमा समेत अहिले सम्म कुनै जानकारी छैन । यसैकारण नेपाली कृषकहरूले बजारमा जुन पायाे त्यही बीउ खरिद गरेर खेतबारीमा राेप्ने प्रचलन छ ।त्यस बाहेक नेपालमा राज्य मातहत समेत बीउ परीक्षण तथा प्रमाणिकरणकाे निम्ति स्तरीय प्रयाेगशाला छैन ।

खुल्ला सीमानाकाे कारण अवैधानिक रूपमा भित्रने सम्भावना ः

माेन्सान्टाे बिउ हाे कि हाेइन भन्ने परीक्षण गर्ने स्तरीय प्रयाेगशाला समेत नेपाल राज्य मातहत समेत छैन । यस्ताे अवस्थामा त नेपालमा माेन्सान्टाे बीउ खुल्ला सीमा हुँदै भित्रन झन् सजिलाे भएकाे छ । यसैकारण हामीले नेपालमा याे बीउ भित्र्याउनुहुँदैन ।

वंशाणु मिसाइएकाे कारण शाकाहारी मान्ने वा नमान्नेमा समेत विवाद ः

यस कम्पनीले उत्पादन गरेकाे बीउमा जैविक वंशाणु समेत मिसाइएकाे हुनाले यसलार्इ शाकाहारी मान्ने वा नमान्ने भन्ने विषय समेत अर्काे विषय बनेकाे छ । नेपालमा रहेका केही एनजिअाेहरूले समेत यस बारेमा जानकारी प्राप्त गर्न नसकेकाे अवस्थामा हामीले यसलार्इ राेक्नकाे निम्ति र जनताहरूलार्इ सचेत बनाउनकाे निम्ति विशेष अभियान नै चलाउनु जरूरी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित