FLASH NEWS
  • Loading...

ग्याल्पो ल्होसारको उपलक्ष्यमा पदयात्रा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
ग्याल्पो ल्होसारको उपलक्ष्यमा पदयात्रा


काठमाडौँ, १८ फागुन । तामाङ बौद्ध महासङ्घले सोमबार भएको २१४४औँ ग्याल्पो ल्होसारको उपलक्ष्यमा आज पदयात्रा निकालेको छ ।

शेर्पा सेवा केन्द्रले बौद्वबाट निकालेको सो पदयात्रा चाबहिल, गौशाला, रातोपुल, पुतलीसडक हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको छ । सो पदयात्रा शेर्पा जातिको वेशभूषा तथा संस्कृति झल्कने विभिन्न पहिचान र झाँकीसहित निकालिएको हो ।

विशेषगरी शेर्पा समुदायको नयाँ वर्षका रुपमा मनाइने हिमवत खण्डको पहाडी तथा उच्च हिमाली भेगमा बसोबास गर्ने महायानी बौद्ध धर्मावलम्बीले मान्ने पर्व हो । बौद्व ज्योतिष चन्द्र पात्रोका आधारमा मनाइने सो पर्वमा ‘ल्हो’ को अर्थ संवत् तथा ‘सार’ को अर्थ नयाँ हो ।

यो पर्व वर्षमा एकपटक हुने भएपनि फरक फरक भूगोल क्षेत्रमा बसोबास गर्ने समुदायले विभिन्न कारणले समय अनुकूल मिलाएर फरक फरक नाममा ल्होसार मनाउने गरेको पाइन्छ ।

महासङ्घका अध्यक्ष खेन रिन्पोछे गेशे ङिमा तामाङले ग्याल्पो ल्होसारको प्रचारका लागि सो कार्यक्रम गरिएको जानकारी दिँदै यसमा पात्रोको गणना वैज्ञानिक भएकाले सबै महायानी बौद्व धर्मावलम्बीको साझा पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घले टुँडिखेलमा आज विशेष ल्हाप्सो पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ भने मङ्गलबार सोही स्थानमा विश्वशान्ति पूजा समापन गरेको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित