FLASH NEWS
  • Loading...

देशप्रेमबाट ओतप्रोत भ्युजिक भिडियो सार्वजनिक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, १९ फागुन । मुलुकबाहिर रहेर पनि देशको विद्यमान अवस्थाप्रति चिन्तित बन्नुभएका डा ब्रिजेश मैनालीले हालै भ्युजिक भिडियोमार्फत सबैलाई देश प्रेममा लाग्न आग्रह गर्नुभएको छ । “यो देश बनाउने जिम्मा कसको हो ?’’ प्रश्नसहितको नेपालको समसामयिक वस्तुस्थिति झल्काउने यस म्युजिक भिडियोलाई उहाँले हालै युट्युवमार्फत सार्वजनिक गर्नुभएको हो ।

डा मैनालीद्वारा रचित तथा दिपक शर्माद्वारा सङ्गीतबद्ध उक्त गीतमा प्रताप लामा र सहिमा श्रेष्ठको स्वर रहेको छ । निलद्वारा निर्देशित तथा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको सम्पादन दिप शर्माले गर्नुभएको छ । लक्ष्मना थापा, मनोज थापा, महेश केसी, राम गुरुङ, रितेश श्रीवास्तव, शिवकुमार चम्लागाई, शैलेशमणि उपाध्याय, शोभिता पराजुलीलगायतका करिब २० जना कलाकारको यस म्युजिक भिडियोमा अभिनय रहेको छ ।

चक्काजाम, बन्द हड्तालबाट आक्रान्त जनताको मनोभावना समेट्दै सार्बजनिक भएको यो गीतमा देशको अस्थिर राजनीति र देशमा विद्यमान समस्यालाई मार्मिकरुपमा उठान गरिएको छ भने देश बनाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने सकारात्मक सन्देश दिन खोजिएको छ । धनी र गरिबबीचको असमानता, आमजनताले भोग्नुपरेका समस्याको साथै सहमतिको नाममा हुने निष्कर्षबिहीन कोठेबैठकहरुप्रति पनि व्यङ्ग्य गरिएको छ ।

स्विडेनमा बस्दै आउनुभएका गीतकार तथा निर्माता डा.मैनालीले यस गीतबाट प्राप्त हुने रोयल्टी विपन्न बालबालिकाको शिक्षाका लागि सहयोगमा खर्चिने बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित