FLASH NEWS
  • Loading...

खेतान समूह इन्सुरेन्स, बैंक र व्यवसायीबाट ४० करोड ठगेर फरार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं, २० फागुन- विभिन्न औद्योगिक धरानाको खेतान गु्रप मायोजमा ४० करोड ठगेर फरार भएको छ । खेतान समूहले हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रा. लि. नै बन्द गरी इन्सुरेन्स, विभिन्न बै‌क  र व्यवसायीबाट उक्त रकम ठगी गरेको हो ।
खेतान समूहले हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रा. लि. अन्तरगत मायोज चाउचाउ र  हेम्पी हेप्पी लगायतका तयारी खाद्य सामाग्री उत्पादन गर्दै आएको थियो । १५ वर्षेखि संचालन हुँदै आएको उक्त कम्पनी खेतान समूहले केही महिना अघिदेखि बिना कारण बन्द गरेको छ । उद्योग लगत्तै कम्पनीको हात्तिसारस्थित मुख्य कार्यालय समेत बन्द गरेको छ ।
खेतान समूहले चलिरहेको उद्योग बन्द गरेर इन्सुरेन्स वापतकेा रकम समेत ठग्न सफल भएको छ । अधिकांश शेयर आफ्नै रहेको एभेरेष्ट इन्सुरेन्सवाट नक्कली कागजात वनाएर इन्सुरेन्स वापतको रकम लिएको खुलेको छ ।
चलिरहेको उद्योग एकाएक बन्द भएपछि मायोज चाउचाउ र हेप्पी हेप्पी लगायतका सामान बिक्री बितरणको डिलर लिन खेतान समूहलाई रकम बुझाएका  देशभरका एक सय ५० भन्दाबढी व्यवसायी मर्कामा उनीहरु अहिले कानूनी उपचारको खोजीमा लागेका छन् ।
व्यवसायीहरुले खेतान परिवारलाई पक्रेर कारवाही गर्न माग गर्दै विभिन्न अदालतमा मुद्धा हालेका छन् । यसै क्रममा पाटन उच्च अदालतमा मुद्धा परेको छ ।
उच्च अदालत प्ााटनमा पीडित व्यवसायीहरुको मुद्धा चर्चित अधिवक्ता अर्जुनकुमार अर्यालले हेरेका छन् । अधिवक्ता अर्यालले पीडितहरुलाई न्याय दिलाएरै छाड्ने बताए । त्यसको लागि काठमाडौं जिल्ला अदालत, उच्च अदातल र सर्वोच्च अदालतमा समेत विविध मुद्धा हाल्ने तयारी भइरहेको उनले जानकारी गराए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित