FLASH NEWS
  • Loading...

जुवा खालबाट १५ जना पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


भक्तपुर, २० फागुन । महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको १५ जनालाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–११ पलासेस्थित ग्रिन भ्यु रेष्टुराँबाट जुवा खेलाउने रेष्टुराँ सञ्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिषरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
प्रहरीले जुवा खालबाट रु दुई लाख ४२ हजार ९० र १६ थान कौडासहित पक्राउ गरेको हो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित