FLASH NEWS
  • Loading...

व्यक्तिगत सवारी कर्जामा ‘आक्रमक’ रुपले प्रस्तुत हुँदै राष्ट्र बैंक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– व्यक्तिगत सवारी कर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई कडा निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको भन्दै व्यक्तिगत प्रयोजनका लागि सवारीसाधनमा ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
तर राष्ट्र बैंकले, निर्माण कार्य, पर्यटन, स्वास्थ्य, शिक्षा र ढुवानी गर्ने सवारी कर्जामा यो नियम लागु नहुने स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको भन्दै निजी सवारीकर्जामा सीमा तोकेको हो । ओभरड्राफटलगायतका रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा सुविधाको सीमा १ करोडबाट घटाएर ७५ लाख निर्धारण गरेको छ । उपयोग गरिरहेका त्यस्ता कर्जाको हकमा आउँदो असारभित्र सीमामा ल्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
ओभर ड्राफट र सवारी कर्जा बढी गएकाले यसमा सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै कलडिपोजिटमा विकृति बढेको भन्दै राष्ट्र बैंकले साधारण वचत खातामा प्रदान गरिने भन्दा बढी ब्याज यसमा दिन नपाइने व्यवस्था गरेको छ । यस्तै कुनै पनि ऋणीले पेश गरेको वित्तीय विवरण एक भन्दा बढी पाईएमा त्यसलाई कसुर मानी त्यस्तो कर्जालाई खराव कर्जामा वर्गिकरण गरी शत प्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै वाणिज्य बैंकले २ प्रतिशत विपन्न क्षेत्रमा लगानी गर्नुपर्ने विद्यमान व्यवस्थामा पुनरावलोकन गरी यस्तो कर्जाको गणना तथा हर्जना लगाउने व्यवस्था ०७५ असारदेखि हुने भएको छ । यो वर्ष वाणिज्य बैंकले तोकेको सीमामा विपन्न कर्जा लगानी नगरे पनि कार्वाही नहुने भएको छ ।
यस्तै एउटै व्यक्तिले विभिन्न मितिमा फरक विवरण पेश गरी लिएको वहुबैकिङ कर्जा उपयोग गरेमा भाखा नाघे वा ननाघे पनि त्यस्ता प्रकृतिका कर्जालाई खरावमा वर्गिकरण गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित