FLASH NEWS
  • Loading...

विद्यार्थीलाई देश र जनताका लागी जिम्मेवार हुन प्रधानमन्त्रीको आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


विराटनगर—प्रधानमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई देश, जनता र आफ्नो भविष्यको निम्ति जिम्मेवार भएर लाग्न सुझाव दिएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयद्वारा आयोजित समारोहमा ८ हजार ७ सय ६४ उपाधि प्राप्त गरेका विद्यार्थीलाई दीक्षित गर्दै
उनले सो सुझाव दिएका हुन् । उनले राष्ट्र समुन्नत, समृद्ध, एकताबद्ध र स्वाधीन भएमा विश्वको कुनै पनि कुनामा नेपालीको छाती गर्वले चौडा हुने बताउँदै मुलुक गरिब भएमा हेप्ने र हीनभावनाबाट ग्रसित हुने अवस्था आउने हुनाले तसर्थ मुलुकको विकासमा एकजुट भएर लाग्नु युवालाई आग्रह गरे ।
प्रकृतिले दिएको साधन स्रोतलाई सदुपयोग गरी औसतभन्दा माथि जीवनयापन गर्ने र सामाजिकता साथ मानव जातिको हितमा केन्द्रित भएर कार्य गर्न विद्यार्थीलाई आह्वानसमेत उनले गरे । एकथरिले व्यक्तिगत सुख सुविधा, पद प्रतिष्ठालाई जीवनको सफलता ठानेर परिभाषित गर्छन् भने अर्काथरिका मानिसले समाज, मानव, राष्ट्रको निम्ति राम्रो गरी जीवनको सफलता मान्ने गर्छन् भन्दै प्रधानमन्त्री प्रचण्डले दीक्षित भएका विद्यार्थीले राष्ट्र, समाज र जनताको सेवालाई भविष्यको सफलताको रुपमा आत्मसात् गर्नुपर्ने सुझाव दिए ।
उनले सबैलाई स्वस्थ्य प्रतिस्पर्धामा खरो उत्रनुपर्ने र औचित्यपूर्ण जीवन बाँच्नका निम्ति औसतमाथि काम गर्न आह्वान गर्दै आफू दीक्षित हुँदा राष्ट्र र जनताको सेवाका लागि लिएको अठोट, निष्ठा र लगनबारे स्मरण सुनाए ।
उनले संक्रमणकाल अन्त्य गरी मुलुकमा संघीय लोकतन्त्रलाई संस्थागत गर्दै आर्थिक सम्बृद्धिमार्फत सभ्य समाज निर्माणतर्फ अग्रसर हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मुलुकलाई सफलताको चुचुरोमा पु¥याउन राष्ट्र जबसम्म समृद्ध हुँदैन, बलियोसँग एकताबद्ध हुँदैन र संघीय गणतन्त्रमार्फत जनताको घरदैलोमा उज्यालो आउँदैन तबसम्म कोही पनि सफल मानिँदैन ।’
समारोहमा प्रधानमन्त्रि प्रचण्डले कला, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायका स्नातकोत्तर गरेका १ हजार ५ सय ६ जना र ७ हजार २ सय ५८ जना स्नातक तहका विद्यार्थीलाई दीक्षित गर्नुका साथै सर्वोत्कृष्ट अंक प्राप्त गरेका विभिन्न संकायका विद्यार्थिलाई पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मानित गरेका थिए ।
विसं २०५२ मा स्थापना भएका मुलुकको दोस्रो ठूलो विश्वविद्यालयबाट विभिन्न संकायमा झन्डै ८८ हजार विद्यार्थीले स्नातकोत्तर र स्नातकको उपाधि प्राप्त गरेका छन् । यस विश्वविद्यालयसँग पाँच आंगिक क्याम्पस तथा सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस रहेको सो अवसरमा जानकारी दिइयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित