FLASH NEWS
  • Loading...

‘ब्ल्याक डायरी’ बैशाखको तेस्रो साता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


काठमाडौं । क्याट भिजन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण गरीएको चलचित्र ब्ल्याक डायरी यहि बैशाख २२ बाट प्रदर्शनमा आउने भएको छ । खासगरी अहिलेको पुस्तासमेतलाई लक्षीत गरी निर्माण गरिएको चलचित्र ब्ल्याक डायरीमा बाइक स्टन्ट समेत राखिएको कुरा चलचित्रका निर्माता अनोज अधिकारीले बताए ।

चलचित्रका निर्देशक सुजन घिमिरे हुन् । चलचित्रको आलेख पत्रकार सविन शाक्यले लेखेका हुन् । ब्ल्याक डायरीमा रमेश सिंह ठकुरी र पुजा भट्ट नवकलाकारको रुपमा छन् भने चलचित्रमा भुवन केसी, शुभेच्छा थापा, बालदीप राई, पवन कार्की, निकिता शाही, आदीको अभिनय रहेको छ । शेर बहादुर लामाको छायांकन रहेको ब्ल्याक डायरीमा राजु शाहको नृत्य निर्देशन एवं शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । निर्माता अनोज अधिकारीका अनुसार ‘ब्ल्याक डायरी’ मनोरञ्जक कौतुहलपुर्ण, बाइक स्टन्ट तथा प्रेम कथाको चलचित्र रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित