FLASH NEWS
  • Loading...

सफलता हासिल गर्ने अठोटका साथ सोनाम थापा मगर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


काठमाडौं–मान्छेले चाह्यो भने सफलता पाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् नायक सोनाम थापा मगरले ।
सानो सानो भूमिकाबाट फिल्ममा आफ्नो करियर सुरु गरेका सोनामले अहिलेको अवस्था सम्म आईपुग्न धेरै मेहेनत गरेका छन् । तर उनले यो सफलता पाउन धेरै मेहेनत गरे पनि समय भने धेरै कुर्नु परेको छैन् । लगभग २ वर्षको अन्तरालमा उनले गरेको मेहेनतको प्रतिफलको हो आज उनी । उनले सोचेका थिएनन् नायक बनेर समाजमा एउटा पहिचान होला भनेर, तर लह लहमा लाग्दा लाग्दा र एक्टर श्रीकृष्ण श्रेष्ठको फिल्म हेरेपछि उनलाई यो दुनियामा चाह बढेको हो ।
सानो सानो रोल खेल्दै उनले अहिले आधा दर्जन जति फिल्ममा लिड रोल नै गरिसकेका छन् । उनले खेलेको फिल्म मध्ये उनलाई नालायक मन परेको फिल्ममा पर्छ । तर उनको अब रिलिज हुने फिल्म चाँही ब्वाई फ्रेन्ड हो । यसबाट पनि उनी आफ्नो करियरमा आशावादी छन् ।
उनी यो क्षेत्रमा लह लहमै आए पनि आज उनलाई यस क्षेत्र प्रति माया जागेको छ । यहि क्षेत्रमा केहि गरु भन्ने लागेको छ । तर यस क्षेत्रको विकृतिले भने उनको मन दुखाएको छ । आफै लगानी गर्ने आफै हिरो, हिरोइन बन्ने परिपाटीले नै यो क्षेत्रमा सुधार हुन नसकेको उनको धारणा छ । फिल्म क्षेत्रलाई विशुष्द व्यवसायिक रुपमा लिन नसकेको कारण नै यो क्षेत्रले सफलता हासिल गर्न नसकेको उनको ठम्माई छ । व्यवसायिक रुपले बनेको फिल्मले बजार राम्रो लिन थालेकोले यस्तो फिल्मलाई प्रोत्साहन दिनु पर्ने उनको धारणा छ ।
नेपाली चलचित्रको बजार निकै सानो भएकोले पनि लगानी राम्रो हुन नसकेको कारण चलचित्रमा स्तरियता आउन नसकेको उनको विचार छ । जसको कारण नेपाली चलचित्रले हरेक क्षेत्रमा सम्झौताबाट फिल्म निमार्ण गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । यदी लगानी राम्रो भएमा फिल्ममा स्तरियता आउने उनको सोच छ ।
त्यस्तै फिल्म एउटा समयमा बन्ने र रिलिज आर्को समयमा हुने कारणले पनि समस्या आएको उनको विचार छ । समय सान्र्दभिक फिल्म समयमा प्रर्दशन भएको खण्डमा फिल्मले राम्रो बजार लिन सक्ने उनको विचार छ ।
अहिले दर्शकको चाहना बद्लिएको छ । पहिले एक्सन फिल्मको समय थियो भने अहिले कथा, प्रविधी र अन्य सबै कुरो हेर्न थालिएको छ । त्यसैले पनि अहिले प्रतिस्पर्धाको जमाना हुनाले राम्रो चलचित्र निमार्ण गरे मात्र बजारमा टिक्न सक्ने हुनाले विस्तारै त्यसको प्रयोग हुन थालेको उनले देखेका छन् ।
चाँडै सोनामको ब्वाई फेरण्ड प्रिमियर हुने भएको छ । उनलाई एक्सन भूमिका मन परे पनि उनले यसमा एउटा प्ले ब्वाईको भूमिकामा निर्वाह गरेका छन् । यो उनको लागी नौलो प्रयोग भए पनि उनले यसमा आफू पूर्ण रुपमा इमान्दार भएको र सफल हुने विश्वास लिएका छन् । हेरौं सोनाम आफ्नो भूमिकामा कति सफल हुन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित