FLASH NEWS
  • Loading...

पत्रकार राम गैरे सम्मानित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौ-कालीमाटी स्थित जिलेट आवासिय उच्च मा.वि.ले पूर्व उपप्रधान मन्त्री
तथा ने.क.पा. मालेका महासचिव सिपी मैनालीको प्रमुख आतिथ्यतामा आफ्नो विद्यालयको
वाषिर्क उत्सव एवं अभिभावक दिवस भव्य रुपमा मनायो । सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।
विविध सँास्कृतिक कार्यक्रमको प्रस्तुति रहेको उक्त कार्यक्रममा सम्बाद क्लव नेपालका अध्यक्ष राम गैरैलाई लेखन कार्य, निष्पक्ष सामाचार संकलन गरे वापत सम्मान गरिएको थियो । उनले सम्वाद क्लव नेपाल मार्फ विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तित्वहरुलाई एउटै मञ्चमा राखेर
र्सार्थक वहस चलाउदै आएका थिए । त्यही कार्यको उचित मूल्यांकन र योगदानलाई स्वरुप सो सम्मान र कदर
गरिएको छ । सोही कार्यक्रममा टि.भि. पत्रकार रामराजा बर्जचार्यलाई पनि सम्मान गरिएको थियो साथै विभिन्न्ा अभिभावक र उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान पत्र र पुरुस्कार बाँडिएको थियो ।
उक्त विद्यालयका संस्थापक निर्देशक नेत्रबहादुर लिम्बुले आफ्नो विद्यालयलाई सफलतामा पुर्‍याउन
विगत देखि यहाँसम्म आइपुग्दा धेरै मेहनेतर् गनु परेको बताए । उनले अहिले स्कुलमा ७ सय भन्दा बढी विद्यार्थी रहेको जानकारी दिए ।
कार्यक्रमको प्रमुख अथितिको रुपमा बोल्दै नेकपा मालेका महासचिव सिपी मैनालीले गुणस्तरिय र प्राविधिक शिक्षा नै हालको
आवश्यकता भएको बताए । उनले सिपमुलक र गरिखाने शिक्षाले नै सिंगो मुलुकको हित गर्ने बताउँदै
हालको शिक्षा प्रणलीले शैक्षिक बेरोजगार बढेको प्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘अब स्वदेशमै
रोजगारी सिर्जना हुने खालको शिक्षा प्रणाली लागु हुनर्ुपर्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित