FLASH NEWS
  • Loading...

मुलुकका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिममा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

काठमाडौं-स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तिपाइले रोग नियन्त्रणका लागि ‘औषधि सेवन गराउने अभियान’ दुइ चरणमा सञ्चालन गर्ने भएको छ ।
महाशाखाले देशभर आगामी चैत ५, ६ र ७ गते पहिलो चरण तथा चैत १७, १८ र १९ गते दोस्रो चरणमा यो अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । गत फागुन २१, २२ र २३ गते सञ्चालन गर्ने भनिएको यो अभियान प्राविधिक कारणले स्थगित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिएका थिए ।
पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पा“चथर, ललितपुर, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बा“के, बर्दिया, जाजरकोट, सर्ुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुर र दार्चुलामा यो अभियान सञ्चालन हुनेछ ।
त्यसैगरी दोस्रो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा अभियान सञ्चालन हुने जनाएकोछ ।
महाशाखाले ३० जिल्लाका दुइ वर्षमाथिका १ करोड ८ लाखलाई यो अभियानमार्फ हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन लागेको हो । अभियानमा १० हजार ४ सय ४९ स्वास्थ्यकर्मी र ५४ हजार ६ सय ६६ स्वास्थ्य स्वयंसेवक परिचालन हुने महाशाखाले जनाएको छ ।
निर्देशक आचार्यले दुइ वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि सेवन गर्न नहुने पनि जनाएको छ ।
सरकारले चालु आवमा हात्तिपाइले रोगविरुद्धको औषधि र सो रोगसम्बन्धी र्सर्भे तथा निःशुल्क हाइड्रोसिल शल्यक्रियाका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।
जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सदेखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले -फाइलेरिया) भएको हुन सक्छ । त्यस्तै महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले रोग हुन सक्छ ।
नेपालमा हात्तीपाइले रोग परजीविको संक्रमणबाट फैलिएको पाइएको छ । संक्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट संक्रमण फैलने गर्दछ ।
विश्वमा अपांग बनाउने सबैभन्दा ठूलो रोगको रुपमा रूपमा यसलाई चिनिएको छ । नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि औषधि सेवन गराउने कार्य सुरु गरिएको हो ।
सन् २०२० सम्म नेपालबाट पूर्न रूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले लिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित