FLASH NEWS
  • Loading...

१७ वर्षेखि साङ्लोमा लीलाप्रसाद

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२२ पटक पढिएको
Post Thumbnail


सुरुङ्गा-हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरूलाई सहारा दिउन् । तर, झापा राजगढ-८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको छ ।
विसं २०५४ मा जन्मिएका लीलाप्रसादलाई १७ वर्षेखि साङ्लोले बाँध्नुपरेपछि उनकी आमा जानुका चम्लागार्इंले बुढेसकालमा सन्तानको सहारा पाउने आशमात्र मानुपरेकोे छैन, आफ्नो शेषपछि छोराको हेरचाह कसले गरिदेला भन्ने चिन्ताले पिरोलेको छ । १९ वर्षीय छोरालाई १७ वर्षेखि निरन्तर साङ्लोले बाँधेर हेरचाह गरिरहेकी जानुका भन्छिन्, ‘बुढेसकालको सहारा त गुम्यो- गुम्याे, मेरो शेषपछि उसलाई कसले हेरिदेला -‘
बाल्यावस्थादेखि नै सुस्तमनःस्थिति भएका लीला बोल्दैनन् । उनको दाहिने हात पनि चल्दैन । तर, आमाले गरेको इसारा भने बुझछन् । टोलाइरहने स्वभावका उनी फोहर टिप्दै खाने, बोलिरहने र हिँडेपछि घर नर्फकने गरेपछि उनलाई साङ्लोले बाध्नुपरेको जानुकाले बताईन् ।
आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ भएको बताउँदै जानुका भन्छिन्, ‘छोरो निको होस् भन्ने चाहना कुन आमालाई हु“दैन, तर के गर्नु छोराको उपचार गराउने पैसा छैन् ।’ छाक र्टार्नसमेत धौधौ हुन्छ, मजदुरी गर्न नगई हुँदैन त्यस्तो अवस्थामा उसलाई साङ्गाले बाँधेर जान्छु जानुकाले भनिन् ।
आर्थिक अभावकै कारण छोराको उपचार गराउन नसकेपछि जानुकाले दातासमक्ष सहयोगको आशा गरेकी छन् । उनले भनिन्, ‘एकपटक राम्रो डाक्टरलाई देखाउन पाए छोरो निको हुन्थ्यो कि भन्ने मनमा लागेको छ ।’
‘जता हि“डयो उतै हराउँछ, कतै गयो भने पानीमा डुब्ला, गाडीले किच्ला, कसैले कुटिदेला भनेर हामीले उसलाई साङ्लाले बा“धेका हौँ’ जानुकाले भनिन्, ‘माया भए पनि छोरो बचाउन अर्काे विकल्प नदेखेर उसलाई बाँधेका हौँ ।’ रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित