FLASH NEWS
  • Loading...

अब विकट क्षेत्रमा पनि नियमित हवाई सेवा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं- दुर्गम क्षेत्र हवाई सेवा नियमित गराउन सरकारले तयारी थालेको छ । निजी क्षेत्रका बिमान कम्पनीहरु सुगम क्षेत्रमा केन्द्रित भएपछि दुर्गमका सेवाग्राही मारमा पर्ने भएकोले घाटापूर्ति गराएर भएपनि सरकारले दुर्गम क्षेत्रमा उडान नियमित गराउन पहल थालेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण -क्यान) का अनुसार, ‘दुर्गम क्षेत्र हवाई सेवा कोष’ संचालनमा ल्याएर भएपनि दुर्गममा हवाई सेवा नियमित गर्ने तयारी गरिएको छ । सरकारले यसअघि पनि यो कोष संचालनमा ल्याउने प्रयास भएको थियो । तर केही समस्याका बाबजुत निरन्तरता दिन भने सकेको थिएन । प्राधिकरणका अधिकारीहरुले आन्तरिक वायुसेवा कम्पनीलाई दुर्गम भेगको उडानमा हुने घाटा पुर्र्ति गर्ने उद्देश्यले पुनः कोष संचालनको पूर्ण तयारी थलिएको बताए ।
प्राधिकरणले डेढ दशकअघि कोष सुरुवात गरेर डेढ वर्षम्म रकम जम्मा गरिएको थियो । प्राधिकरणको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुगम तथा पर्यटन गन्तव्यका विमानस्थलमा उडान गर्दा २४ प्रतिशतसम्म हवाई भाडा वृद्धि गर्न अनुमती दिएको थियो । जुन विमान कम्पनीहरुले कार्यन्वयन गर्दै भाडा समेत बर्ढाई सकेका छन ।
तर दर्ुगम क्षेत्रमा उडान गर्ने एयरलाइन्सहरुलाई भाडा बढाउन अनुमती नदिएपछि सकारले घाटा पूर्तिको लागि कोष संचालनमा ल्याउन लागेको हो ।
प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले विगतमा कार्यविधि नहुदाँ कोष संचालनमा समस्या भएको बताए । उनले अव स्पष्ट खाका बनाएर ‘दुर्गम क्षेत्र हवाई सेवा कोष’ बनाउन खोजेको जानकारी दिए । उनका अनुसार प्राधिकरणले विमान कम्पनीहरुसंग छलफल गरिरहेको छ भने सैद्धान्तिक सहमती एयरलाइन्सहरुले दिइसकेका छन ।
प्राधिकरण नियमावली-०५८ मा दुर्गम क्षेत्र हवाई सेवा कोषको व्यवस्था रहेको छ । जहाजबाट माउन्टेन ङ्खलाइट गर्दा एक विदेशी यात्रुबराबर चार अमेरिकी डलर, अन्य गन्तव्यका उडानमा एक विदेशी यात्रुबराबर दुर्गम डलर तथा हेलिकोप्टर सेवातर्फप्रत्येक ‘चार्टर’ उडान गर्दा हुने कुल आम्दानीको दुर्इ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
नेपालमा वाषिर्क रुपमा आउने ७ लाख विदेशी पर्यटकमध्ये आधिकांसले एक पटक आन्तरिक उडानमा यात्रा गर्ने तथ्यांक छ । नेपाली सहित आन्तरिक तर्फा हवाई यात्रु बाषिर्क १६ लाख भन्दा बढी हुने गरेका छन । कोष संचालनमा आएमा वाषिर्क ५० करोड रुपैयाँ भन्दा बढी रकम जम्मा हुने अनुमान रहेको छ ।
प्राधिकरणले २०५८ चैतबाट डेढ वर्षम्म उडान गरिरहेका वायुसेवा कम्पनीले कोषमा रकम जम्मा गरेका थिए । कोषमा रकम जम्मा गर्ने भन्ने कार्यविधि तयार पारेर अव कोष बनाउन लागेको श्रेष्ठले बताए । विगतमा स्पष्ट कार्यविधि नहुदाँ बन्द गरेको समेत श्रेष्ठले जानकारी दिए ।
आन्तरिक तर्फहेलिकप्टर र हवाई जहाज मार्फ उडान गर्ने एक दर्जन कम्पनीहरु रहेका छन । कोष संचालनमा आएमा दुर्गममा चार्टर उडान गरिरहेका एयरलाइन्सहरुले नियमित उडान गर्ने स्थानियले लाभ लिन पाउने प्राधिकरणको बुझाई छ । हाल नेपाल वायुसेवा निगम, एयर काष्ठमण्डप, गोमाको, मकालु एयर र तारा एयरले दुर्गम क्षेत्रमा उडान गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित