FLASH NEWS
  • Loading...

त्रिभुवन विश्वविद्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail


त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ ।

आयोगको कार्यालय टङ्गालमा आज भएको छलफलमा आयोगका पदाधिकारीले विश्वविद्यालयसँग सम्बन्धित गुनासा र विसङ्गति नियन्त्रण एव्म न्यूनीकरण गर्नका लागि व्यवस्थापकीय चुस्तता र शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ लाग्न विश्वविद्यालयलाई निर्देशन दिइएको छ ।

शैक्षिक उन्नयनमा त्रिविविले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आयोग पदाधिकारीले त्रिविवि र मातहतका निकायमा आर्थिक अनुशासन र पारदर्शिता कायम राख्दै विवादरहित तवरले काम गर्न र शैक्षिक गुणस्तर कायम राख्नसमेत ध्यानाकर्षण गराउनुभएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

त्रिविविमा हुनसक्ने विकृति तथा विसङ्गति उपर आयोगको निरन्तर निगरानी रहने र व्यवस्थापकीय सुधार गरी शैक्षिक एवम् व्यावसायिक गतिविधिका लागि केन्द्रित रहनुपर्नेमा आयोग पदाधिकारीले जोड दिइएका छन् ।

छलफलमा त्रिविविका पदाधिकारीको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित