FLASH NEWS
  • Loading...

भाला डण्डा छोडेर शान्तिपूर्ण प्रतिष्पर्धामा आउन मोर्चालाई आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail

धनगढी—नेकपा (एमाले) को मेची–महाकाली अभियान अन्र्तगत कैलालीको टीकापुरमा आयोजित सभामा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भाला डण्डा छोडेर शान्तिपूर्ण प्रतिष्पर्धामा आउन मधेसी मोर्चालाई आग्रह गरेका छन् ।
राजनीतिक अभियान मार्फत निर्वाचनको माहोल बनाउने र संविधान कार्यान्वयनबाट राष्ट्रिय समृद्धि र एकता कायम गर्ने लक्ष्यका साथ फागुन २१ गते पूर्वी नेपालको झापाबाट सुरु भएको एमालेको अभियानको क्रममा एमाले देशमा तीनै तहको निर्वाचन गराउने माहोल बनाउने अभियानमा लागेको दाबी गर्दै नेता खनालले सभा गर्न पाउने संवैधानिक हक मोर्चाका नेताले खोसेको आरोप लगाए ।
उनले टीकापुर घटनाको न्यायिक जाँच गरेर दोषीलाई कारबाही गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएका थिए साथै स्थानीय तहको चुनाव गराउन सरकारले खुट्टा कमाइरहेको बताएका थिए ।
अभियान सप्तरीमा पुग्दा मधेसी मोर्चाले विथोल्न खोजेपछि झडप भएको थियो भने मोर्चाको ४ जना कार्यकर्ताको मुत्यु भएको थियो भने अभियान केही दिन स्थगित भएको थियो ।
एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावलले कञ्चनपुरमा केही दिनअघि नेपाली युवकको भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको घटनामा भारत सरकारले माफी माग्नुपर्ने बताएका थिए । एमालेले छिटोभन्दा छिटो चुनाव गरेर देशलाई शान्ति र स्थायित्व दिन चाहेकोले अभियान गरेको रावलले बताए । उनले देशमा कसैको रगत नबगोस् र संविधान कार्यान्वयन गर्दै देशलाई समृद्धितिर लाग्नुपर्ने बेला कहिले तराई, पहाड र जातजातको लडाइले राष्ट्रलाई कमजोर बनाउने हुनाले त्यस्तो षड्यन्त्रबाट बच्न सुझाव दिए ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर ७ का सहइञ्चार्ज कर्णबहादुर थापाको अध्यक्षतामा भएको सभामा एमालेका नेता हनुमान चौधरी, गणेश विक, गरिमा शाह, दीर्घ सोडारीलगायतले मेची–महाकालीको उदेश्यमाथि प्रकाश पारेका थिए । सभामा पार्टीका नेता माधवकुमार नेपाल र महासचिव इश्वर पोखरेल सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित