FLASH NEWS
  • Loading...

प्रशारण लाइन निर्माणमा समस्या नै समस्या

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– मुलुकको उर्जा संकट समाधानको लागी प्रशारण लाइन निर्माण गरी समस्या समाधान गर्ने लक्ष्य लिए पनि समस्या देखिएको अधिकारीहरुले बताएका छन् ।
जतिसुकै विद्युत् उत्पादन भए पनि प्रसारण लाइन निर्माण नभएसम्म त्यसको कुनै उपादेयता नरहेको बताउँदै निर्माणका निम्ति समस्या भएको हो ।
ऊर्जा मन्त्रालयको चालु आवको प्रगति विवरण, नेपाल विद्युत् प्राधिकरणबाट सञ्चालित जलविद्युत् आयोजना तथा प्रसारण लाइनको अवस्थाबारे छलफल गर्न आयोजित कृषि तथा जलस्रोत समितिको बैठकमा, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा समस्या नै समस्या भएको जानकारी गराए । हालसम्म समाधान हुन नसकेकाले नीतिनिर्मातालाई कानुनी रुपमै आवश्यक नीतिगत व्यवस्था गर्नसके यसले केहि केहि समाधान गर्ने आशा गरिएको छ ।
वन क्षेत्र भएर प्रसारण लाइन निर्माण गर्न वर्षौंदेखिको प्रयास सफल हुन नसकेको बताउँदै उनले भने, ‘मान्छे मारेको भन्दा ठूलो अपराध एउटा रुख काट्नेलाई लाग्ने मौजुदा कानुन छ ।’
उनले कावेली करिडोर र तामाकोसी जलविद्युत् आयोजनाको काम किर्नेटारमा पनि अगाडि बढाउन नसकिएको गुनासो गर्दै जग्गा प्राप्ति र वन क्षेत्र कटानीको समस्या संसदीय समितिबाट हल होस् भन्ने प्राधिकरणको चाहना रहेको बताए ।
बैठकमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना, २०७२ को कार्यान्वयनको हालसम्मको अवस्था, नलसिंगाड जलविद्युत् आयोजना तथा जलाशययुक्त अन्य आयोजनाका सम्बन्धमा जानकारी गराए । त्यस्तै बैठकले जलविद्युत् आयोजनाको हकमा जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा अन्तर सरकारी निकायबीच नै समन्वय हुन नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने भएको छ ।
समितिको सो बसेको बैठकले सरकारी निकाय र विशेष गरी मन्त्रालयबीच नै समन्वय हुन नसक्नु र आयोजनाको काम प्रभावकारीरुपमा बढ्न नसक्नुको पछाडि सामान्यभन्दा सामान्य समस्याले काम गरेको भन्दै सो विषयमा प्रधानमन्त्री र सरोकार भएका निकायबीच छलफल गर्ने निर्णय गरेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित