FLASH NEWS
  • Loading...

सवारी दुर्घटनामा चालकको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


चितवनको दारेचोकस्थित कुरिनघाटनजिकै आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नंको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

विहान करिब २ बजेतिर साबिक दारेचोक–७ कुरिटघाटमा ट्रकले ठक्कर दिँदा कुखुरा बोकेको बोलेरो सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा पुगेको थियो ।

दुर्घटनामा परी घाइते हुने तनहुँ दमौलीका २० वर्षीय राजेश सुनार र चितवन भरतपुर–१८ का २२ वर्षीय सुरज पोखरेलको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित