FLASH NEWS
  • Loading...

‘मदन भण्डारी कलासाहित्य पुरस्कार’फुयाँललाई

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२८ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १४ चैत । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यस वर्षको ‘मदन भण्डारी कलासाहित्य पुरस्कार’ नाट्यकर्मी विष्णुभक्त फुयाँललाई मरणोपरान्त प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको सचिवालय बैठकले प्रगतिशील नाटकमा योगदान दिएबापत उहाँलाई सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि रु २५ हजार रहनेछ ।

आगामी चैत२२ गते प्रतिष्ठानको जन्मोत्सवका उपलक्ष्यमा आयोजना गरिने राष्ट्रियतासम्बन्धी विशेष कविगोष्ठीमा फुयाँलका परिवारलाई सो पुरस्कार प्रदान गरिनेछ । स्रष्टा फुयाँलको गत पुस १९ गते राष्ट्रिय नाचघरमा ‘याज्ञवल्क्य’शीर्षक नाटक खेल्दाखेल्दै निधन भएको थियो ।

विसं २०६७ मा स्थापित प्रतिष्ठानले आगामी दिनमा जननेता मदन भण्डारीका विषयमा गीतिनाटक, चलचित्र, वृत्तचित्र, नाटक निर्माण, उनको साहित्यिक व्यक्तित्वमाथिको समालोचना प्रकाशन, ‘शार्दूल’ पत्रिकालाई निरन्तरता दिने आदि योजना राख्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित