FLASH NEWS
  • Loading...

पोखरा थियटरको शिलान्यास

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail

पोखरा, १४ चैत । पोखरा–लेखनाथ महानगरपालिकाको गैरापाटनमा तीन सांसदले संयुक्त रुपमा आज पोखरा नाट्यगृहको शिलान्यास गर्नुभएको छ ।

विश्व रङ्गमञ्च दिवसका अवसरमा पञ्चामृत नाट्य समूह पोखराले निर्माण गर्न लागेको नाटकघरको सांसद रवीन्द्र अधिकारी, शारदा पौडेल र तेजकुमारी पौडेलले शिलान्यास गर्नुभएको थियो । करिब रु ५० लाखको लागतमा निर्माण गरिने सो भवनका लागि संस्थाका सदस्यबाट रु ३० लाख उठाइने र बाँकी विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिने संस्थाका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि डेढ रोपनी जमिन १० वर्षका लागि मासिक रु १५ हजार भाडा दिने गरी लिइएको र आगामी साउन महिनासम्म भवन निर्माण सकेर नाटक देखाइने अध्यक्ष कार्कीले बताउनुभयो ।

शिलान्यासपछि व्यवस्थापिका–संसद्, विकास समितिका सभापति अधिकारीले नाटक घरलाई पूर्ण बनाउने सबैको जिम्मेवारी भएको धारणा राख्नुभयो । अर्का सांसदद्वयले भवन निर्माणका लागि आपूmहरुले सक्दो सहयोग गर्ने वचन दिनुभयो । सो अवसरमा नाट्य क्षेत्रमा उल्लेखनीय पु¥याउने पत्रकार राजाराम पौडेल र हेमन्त हितैषीलाई सम्मान गरिएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित