FLASH NEWS
  • Loading...

सङ्गीत सम्मेलन सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

काठमाडाँै, १६ चैत । ‘सङ्गीत शिक्षाको सांस्कृतिक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ सुरु भएको छ ।

नेपालको सङ्गीत शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल म्युजिक ट्रस्ट र हेसिक्ङ विश्वविद्यालय नेदरल्यान्ड्सको संयुक्त आयोजनामा भएको सम्मेलनको वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गर्दै अन्य शिक्षाजस्तै सङ्गीत शिक्षाको पनि आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालमा रहेका विविध प्रकार सङ्गीतलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।
हेसिक्ङ विश्वविद्यालयका प्रा हाइठी ओस्टरल्यान्डले नेपाल सांस्कृतिक विविधताको देश रहेकाले यहाँ सङ्गीतका धेरै कुरा सिक्न सकिने बताउनुभयो । ट्रस्टका सदस्य सचिव सन्तोष शर्माले सम्मेलनले नेपालको सङ्गीत शिक्षालाई अगाडि लैजान सहयोग पु¥याउने बताउनुभयो ।

सम्मेलनमा नेपालसहित जापान, चीन, नेदरल्यान्ड्स, सिङ्गापुर, डेनमार्क, भारत, फिनल्यान्डलगायत १६ देशका एक सय ३० सङ्गीतविज्ञ र प्राध्यापकको सहभागिता छ । चार दिनसम्म चल्ने सम्मेलनमा विदेशका ६० र नेपालका ५० कार्यपत्र प्रस्तुत गरिने छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित