FLASH NEWS
  • Loading...

तेमाललाई राष्ट्रिय पर्व बनाइनुपर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १६ चैत । तामाङ समुदायको महत्वपूर्ण पर्व तेमाल जात्रा ९चैतेपूर्णे बौद्धजात्रा० लाई सरकारले राष्ट्रिय पर्वका रुपमा घोषणा गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् ।

आज रिपोर्टर्स क्लबमा आयोजित ‘राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा र अन्तर्राष्ट्रिय बौद्ध परिपथ’ विषयको अन्तक्र्रियामा तामाङ बौद्ध महासङ्घ नेपालका केन्द्रीय महासचिव तथा धर्मगुरु सुन्दर योञ्जन तामाङले तेमाल जात्रा बौद्धमार्गीको महत्पवूर्ण र ऐतिहासिक पर्व भएकाले यसलाई राष्ट्रिय पर्वका रुपमा सरकारले पहिल्यै घोषणा गर्नुपर्ने भए पनि वास्ता नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो जात्रामा तामाङ जातिले आफ्ना सदस्यको मृत्यु भएको छ भने उनीहरुको सम्झनामा बौद्धनाथ स्तूपमा गई पूजा गर्ने र बत्ती बाली मृतकको आत्मा शान्तिका लागि कामना गर्ने गर्छन् । जात्राको अघिल्लो दिन नमो बौद्ध स्तूप, जात्राको दिन बौद्ध स्तूप र पछिल्लो दिन स्वयम्भूमा गई पूजा गर्ने प्रचलन रहेको छ ।”

सरकारले तेमाल जात्रालाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै आउनुभएका नेकपा ९एमाले०का सांसद रामेश्वर फुयाँलले यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा राख्नुपर्ने र बुद्धको जन्मथलो लुम्बिनीलगायत सम्बन्धित ऐतिहासिक धार्मिक थलो स्वयम्भू, जामाचो, बौद्धनाथ, मणिचुड, नमोबुद्ध, भारतको बोधगया र अफगानिस्तानको बामियानलाई जोडेर अन्तर्राष्ट्रिय बौद्ध परिपथ निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

उक्त परिपथ निर्माणले बुद्धधर्मको सन्देश विश्वभर पुग्नुका साथै पर्यटन प्रवद्र्धन भई लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्नमा समेत योगदान पुग्ने सांसद फुयाँलको भनाइ छ । त्रिविका मानवशास्त्र विभागका प्राध्यापक डा मुक्तिसिंह लामाले तेमाल जात्रामा देशभरमा रहेका करिब सात लाख तामाङ जाति सहभागिता जनाउने बताउनुभयो ।

तामाङ बौद्ध महासङ्घका केन्द्रीय सचिव टेकबहादुर मोक्ताङले बुद्धको नामले संसारभर चिनिएको नेपालमा उनकै सांस्कृतिक र धार्मिक पर्व भने ओझेलमा परिरहेको गुनासो गर्नुभयो । सरकारले बुद्धमार्गीको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको तेमाललाई महत्व दिनुपर्ने बताउनुभयो ।

तेमाल जात्रा चैत पूर्णिमामा पर्ने गर्दछ । चैत पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूर्णिमाको दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने तामाङ समुदायको तेमाल जात्रामा हजारौँ भक्तजन सहभागी हुने गर्दछन् । जात्रामा काभ्रे, रसुवा, धादिङ, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँलगायतका जिल्लाका तामाङको उल्लेख्य सहभागिता रहँदै आएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित