FLASH NEWS
  • Loading...

डा अधिकारीका पाँच पुस्तक विमोचन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

लमजुङ, १८ चैत । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा बमबहादुर अधिकारीद्वारा लिखित पाँचवटा पुस्तक एकैसाथ विमोचन भएको छ ।

आफ्नै गृह जिल्ला लमजुङको बेँसीसहरमा आज आयोजित कार्यक्रममा उहाँद्वारा लिखित “आधुनिक चीन र जापानको इतिहास” “आधुनिक युरोपको इतिहास” “आधुनिक नेपालको इतिहास” “बाइसी तथा चौविसी राज्यको संक्षिप्त इतिहास” र “लमजुङको पर्यटन इतिहास” नामका पुस्तक विमोचन भएको हो ।

स्थानीय अधिकारी समाजद्वारा आयोजित कार्यक्रममा प्राचार्य डा राजाराम सुवेदी, सो समाज अध्यक्ष रणबहादुर अधिकारी, पद्यमकन्या क्याम्पस इतिहास शिक्षण समितिका अध्यक्ष खेमराज पोख्रेल, नेपाली काँग्रेसका पूर्व सभापति कृष्ण कोइराला र प्राध्यापक अङ्गराज घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको हो ।

डा सुवेदीले अधिकारीद्वारा प्रकाशित कृति सबै तहका विद्यार्थी, शिक्षक, नागरिक, कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी एवम् जिज्ञासुलाई ज्ञानवद्र्धक हुने धारणा व्यक्त गर्नुभयो ।

पद्यमकन्या बहुमुखी क्याम्पसका इतिहास विषयमा अध्यापन गराउँदै आउनुभएका डा अधिकारीले विभिन्न समयमा गरेका अध्ययन र भ्रमणपछि यी पुस्तक लेख्नुभएको हो । उहाँले पुस्तकमा सम्बन्धित देशको ऐतिहासिक, राजनीतिक, प्रशासनिक तथा पर्यटकीय विषय बस्तुलाई जोड दिनुभएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित