FLASH NEWS
  • Loading...

बालविवाह बढ्दै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १४२ पटक पढिएको
Post Thumbnail


जुम्ला, १९ चैत । तातोपानी गाउँपालिका– ४ अर्थात् साविकको हाँकु गाविसमा बालविवाह गर्नेको सङ्ख्या वार्षिक बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय जुम्लाले साविकका तातोपानी र डिल्लीचौर गाविसलाई बालमैत्री गाविस घोषणार्थ आयोजित दुई दिने अभिमुखीकरण गोष्ठीमा यो तथ्याङक सार्वजनिक गरिएको छ ।

गोष्ठीमा जिससका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढाथापाले जिल्लाका तत्कालीन २६ गाविसमध्ये हाँकु गाविसमा बालविवाह गर्नेको सङ्ख्या बढी पाइएको बताउनुभयो । बालविवाह साविकका दुर्गम गाविस पातारासी, बुम्रमाडीचौर, घोडेमहादेव, मालिकाबोता र बालमैत्री घोषणा तयारी थालिएका लाम्रा डिल्लीचौरमा पनि छ, तर सबैभन्दा बढी हाँकुमा ७३ जनाले बालविवाह भएको देखियो, उहाँले भन्नुभयो ।

साविकका लाम्रा र डिल्लीचौर गाविसका सचिवद्वय सुरतबहादुर रावत र अभयराज रेग्मीले जागीर वा विवाह गर्दा उमेर बढाइ दिनुपर्ने र परीक्षा दिँदा उमेर घटाइ दिनुपर्ने तमाम काम लिएर आएका सेवाग्रहीले आफूहरुलाई ठूलो समस्या बनाउँदै आएको बताउनुभयो ।

बाल क्लब गठन भए पनि सक्रिय नहुँदा थुप्रै चुनौती आइलागेको उहाँको भनाइ छ । उहाँहरुका अनुसार बालविवाह बढ्नुमा विद्यालयका प्रधानाध्यापक, शिक्षकदेखि घरको अभिभावकहरुको कमजोरी रहेको छ ।

गोष्ठीका सहभागीले बनेका कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, जस्तोसुकै घटनामा पनि दोषीले उन्मुक्ति पाउनु, कमजोरमाथि मात्र कानुन लाग्नु, राम्रो गर्नेलाई सम्मान नहुनुले पनि समाजमा यस्ता घटना मौलाएको बताएका छन् । यसको साथै उनीहरुले मोबाइलको दुरुपयोगले यो समस्या झन् बढेको बताएका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित