FLASH NEWS
  • Loading...

‘स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार’– प्रधानमन्त्री

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा आदिवासी जनजाति राष्ट्रिय महासङ्घ, नेपाल ३ नं प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचन हुनु नै आफ्नो पार्टीको जीत भएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्रीले माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका कार्यसूची नयाँ संविधानमार्फत संस्थागत गरिएको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले सङ्घयताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धि जोगाउन चाहने सबै पार्टी स्थानीय निर्वाचनमा सहभागी बन्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले परिवर्तनका एजेण्डा खोस्न चाहनेले मात्र निर्वाचन नचाहने भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीलाई एकताबद्ध भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले माओवादीको एकतामा जोड दिँदै अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा पुष्टि भएको टिप्पणी गर्नुभयो ।

आफ्नो नेतृत्वको सरकारले विद्युत्भार कटौती हटाउने, ठूला आयोजना छिटो सम्पन्न गर्न पहल गर्ने, हुलाकी मार्ग र द्रुतमार्ग निर्माण सुरु गर्ने, विदेशसँग सन्तुलित सम्बन्ध विकास गर्ने, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका कैयौँ उपलब्धि हासिल गरेको फेहरिस्त पेस गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित