FLASH NEWS
  • Loading...

राष्ट्रिय एकता कायम राख्न सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष रावल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

CPN-UML Vice-Chairman Bhim Rawal speaks with journalists in Kathmandu, on Monday, July 18, 2016. Photo: Reporters’ Club Nepal


भक्तपर, २४ चैत । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले अहिले मुलुकलाई एकताबद्ध गरेर लैजाने शक्तिको खाँचो रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भक्तपुरले आज यहाँ आयोजना गरेको ३८ औँ शिक्षक दिवस तथा शिक्षक सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको गौरव र एकतालाई कायम राख्न सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको हो ।

उपाध्यक्ष रावलले भन्नुभयो, “विविध जातजाति र भाषाभाषीको बसोबास रहेको देशमा जनतालाई मान्य हुने शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिका लागि सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानु आवश्यक छ ।”

सर्वोपरी हितको आधारमा मात्र राजनीति गर्नुपर्नेमा जोड दिँदै उहाँले भाषाभाषी, जातजाति र भूगोलका आधारमा राजनीति नगर्न आग्रह गर्नुभयो । संविधान सबैको सहभागितामा बनेको उल्लेख गर्दै उपाध्यक्ष रावलले संविधान सबैको सहमतिको दस्तावेज भएको र यसले सबैको भावनाको सम्मान गरेकाले संविधानको स्वामित्व सबैले ग्रहण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अवकाश प्राप्त शिक्षक, प्राध्यापक तथा शिक्षा क्षेत्रमा योगदान विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । सो अवसरमा लामो समय शिक्षा क्षेत्रमा योगदान दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, ओमचरण अमात्य, प्रेमबहादुर खड्का, धु्रवराज विष्ट र गणेश चक्रधरलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी अवकाश प्राप्त १८ शिक्षकशिक्षिका र विभिन्न विद्यालयमा कार्यरत शिक्षक शिक्षिका गरी ५२ जनालाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित