FLASH NEWS
  • Loading...

सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail

A huge crowd gathering to watch the chariot procession of Rato Machindranath at Lagankhel, Lalitpur, on Thursday, October 02, 2015. Photo: THT


काठमाडौँ, २७ चैत । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न गरिएको छ ।

गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा आज लगनमा रहेको रथबाट देवताको मूर्ति झिकेर खटयात्रा गर्दै जनवहालमा लगिएसँगै रथायात्रा समापन भएको हो ।

नगरका विभिन्न स्थानमा हुँदै बिहीबार लगनमा पु¥याइएको रथलाई उनकी मातासँग शुक्रबार भेट गराइएको थियो । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु गरिने सो जात्रामा विभिन्न स्थानमा रथलाई बास बसाएर धार्मिक गतिविधि गरिएका थिए ।

वर्षमा विधि विधानपूर्वक एकपटक यसरी रथयात्रा गरिने चलन रहेको सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिका प्रतिनिधि विनोद तुलाधरले जानकारी दिनुभयो । रथयात्राको अवधिभर स्थानीय क्लब तथा सङ्घसंस्थाले समेत सहयोग गरेका थिए ।

उक्त अवसरमा जात्रा भर्न सर्वसाधारणको भिड लागेको थियो । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’ का रुपमा मान्छन् । मच्छिन्द्रनाथलाई सद्भाव र करुणाका देवतासमेत मानिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित