FLASH NEWS
  • Loading...

एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारी

सोलुखुम्बु, ३० चैत । सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन् । तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन् ।

सैँतीस वर्षीया अंशु जानसेन्पा आज आधार शिविर पुगेको ग्रिन हिमालय ट्रेकिङ कम्पनीका म्यानेजर दावा शेर्पाले जानकारी दिनुभयो ।

एकै याममा दुईपटक आरोहण गर्न लागेकी अंशुले सामान्य रुट प्रयोग गर्नेछिन् । दुईपटक आरोहणका लागि उनले पर्यटन विभागमा दुईपटकका लागि २२ हजार डलर बुझाएर अनुमति लिइसकेको पर्यटन विभागको पर्वतारोही शाखाका प्रमुख लक्ष्मण शर्माले जानकारी दिनुभयो ।

ती भारतीय महिलाका साथै यसपालि विभिन्नखालका कीर्तिमान राख्ने प्रस्तावसहित निवेदन आएको शाखाले जनाएको छ । एउटा भारतीय टोलीले बिना अक्सिजन सगरमाथा चढ्ने भनेर निवेदन आएको छ भने नेपालका पाका आरोही मीनबहादुर शेरचनले सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृति लिइसक्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित