FLASH NEWS
  • Loading...

पत्रकार महासङ्घ जापानमा घले

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०९ पटक पढिएको
पत्रकार महासङ्घ जापानमा घले

जापान, ३० चैत । पत्रकार महासङ्घ जापानमा सोमबार भएको निर्वाचनमा मोहन घले अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

घलेले बेलुकाजी थापालाई पराजित गर्नुभएको हो । त्यसैगरी उपाध्यक्षमा विनोदकुमार सापकोटा र पूर्णबहादुर चलाउने निर्वाचित हुनुभएका छ । कोषाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः राजविन थापा, ऋतुकुमार दुरा र कुमार मोक्तान निर्विरोध चयन हुनुभयो ।

त्यस्तै छ सदस्यमा आनन्द कोइराला, निशान मगर, मुक्ति सुवेदी, रमेश श्रीषमगर, शान्त पहरी, सङ्गीता कुवँर र रवीन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले बधाई तथा शुभकामना दिनुभयो । विजयी भएका घलेकोे नेतृत्वले आपसी सहकार्यमा अघि बढ्ने बताउनुभयो ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित