FLASH NEWS
  • Loading...

अफगानिस्तानमा ४६ लडाकु मारिए

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १३० पटक पढिएको
अफगानिस्तानमा ४६ लडाकु मारिए

|Indian Air Force helicopters fly over models of Akash, surface-to-air missile, on the third day of Aero India 2017 at Yelahanka air base in Bangalore, India, Thursday, Feb. 16, 2017. Aero India is a biennial event with flying demonstrations by stunt teams and militaries and commercial pavilions where aviation companies display their products and technology. (AP Photo/Aijaz Rahi)

अफगानिस्तान, ३० चैत । अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार गत २४ घन्टाको अवधिमा सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा यती ठुलो सङ्ख्यामा लडाकु मारिएका हुन् ।

सरकारी सुरक्षा फौजले देशभरका पाँच ओटा प्रदेशमा सुरक्षा कारबाही गरेको मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । सुरक्षा कारबाहीका क्रममा अरु कम्तीमा २१ जना घाइते भएका छन् ।

सरकारी सुरक्षाफौजले विस्फोटक पदार्थसहितका विभिन्न हातहतियार पनि नियन्त्रणमा लिने तथा नष्ट गर्ने गरेको छ । सुरक्षा अधिकारीले सरकारीतर्फ कुनै क्षति भएको वा नभएको बारेमा अहिलेसम्म कुनै जानकारी दिएका छैनन् ।

नानगार्हार प्रान्तको अचिन जिल्ला, हेरात प्रान्तको घोर्यान जिल्ला, जावज्जान प्रान्तको डार्जाब जिल्ला, उरुज्जान प्रान्तको टिचिनकोट जिल्ला र सारीपुल प्रान्तको सायाद जिल्लामा सरकारी सुरक्षा फौजले सरकार विरोधी गतिविधि गर्नेहरुका विरुद्ध सुरक्षा कारबाही चलाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित