FLASH NEWS
  • Loading...

बस दुर्घटनामा चौध यात्रु घाइते

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


बागलुङ, ४ वैशाख । जिल्लाको काठेखोला गाउँपालिका–५ जुगेपानीमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

काठमाडौँबाट बुर्तिबाङतर्फ जाँदै गरेको ना६ख ३०६० नंको रात्रि बस आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते बुङ्गादोभानका ४८ वर्षीय जितबहादुर खड्का, बुर्तिबाङका ५० वर्षीया तिलदेवी छन्त्याल, बुङ्गादोभानकै ५५ वर्षीया जोमसरा बुढा र बुर्तिबाङ, रिठाबोटका ४३ वर्षीया लीला बिसीको धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचार भइरहेको छ ।

घाइतेहरुको मुख, ढाडलगायतका अङ्गमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल खड्काले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित