FLASH NEWS
  • Loading...

डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail


इनरुवा, ५ वैशाख । सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
सुनसरीको हरिनगरा गाउँपालिकास्थित वसन्तपुरमा सोमबार सम्पन्न भएको एक दिने गिद्ध संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भएका पशु प्राविधिकले पशुमा डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन ।

डाइक्लोफेनेक औषधिको प्रयोगका कारण गिद्ध लोपन्मुख अवस्थामा पुगेको एक अध्ययनले देखाएको तथ्य कार्यक्रममा प्रस्तुत गरिएको जिल्ला पशुसेवा कार्यालय सुनसरीका पशु प्राविधिक केशव श्रेष्ठले बताउनुभयो ।

गाईवस्तुमा डाइक्लोफेनेक औषधिको प्रयोग गर्दा गाईवस्तु मरेपछि गिद्धले सिनो खाने गरेको र त्यसका कारण गिद्धसमेत मर्ने गरेको बताइयो ।
नेपाल पाराभेटनरी लाइभस्टक एसोसिएसन सुनसरीका अध्यक्ष गणेश मेहताले पशु प्राविधिक नै गिद्धलाई संरक्षण गर्ने वा मार्ने भएका कारणले अबदेखि डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्ध लगाई गिद्धको संरक्षणमा लागेको बताउनुभयो । कार्यक्रममा सहभागी अन्य पशु प्राविधिकले प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धलाई संरक्षण गर्नुपर्ने विचार व्यक्त गरेका थिए । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित