FLASH NEWS
  • Loading...

भूकम्पसम्बन्धी ‘चलायमान पहाड’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, १३ वैशाख । गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको दुई वर्ष पूरा भएको अवसर पारेर ‘चलायमान पहाड’ नामक वृत्तचित्रको दोस्रो भाग मङ्गलबार प्रदर्शन गरियो ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको वृत्तचित्र करिब आधा घन्टा समयावधिको छ । ‘मुभिङ माउन्टेन’ नामबाट अङ्ग्रेजी भाषामा समेत सो वृत्तचित्र निर्माण भई प्रसारण भएको छ ।

विसं २०७२ वैशाख १२ र २९ गते गएको भूकम्प तथा त्यसपछिको परकम्पले गोर्खामा पारेको प्रभावका बारेमा वृत्तचित्रमा देखाउन खोजिएको छ । त्यहाँका केही पीडितले भूकम्पले पार्ने क्षति तथा सावधानीका उपायबारे एक शिक्षिकामार्फत गरेका प्रश्न र जिज्ञासालाई उनले काठमाडौँमा आएर विभिन्न विज्ञ र प्राविधिकसँग कुरा गरेर दिएको उत्तरलाई समेत राखिएको छ ।

उक्त सोसाइटीले भूकम्प अतिप्रभावित १४ जिल्लामा गरेका विभिन्न सहयोग तथा राहतका बारेमा जानकारी गराउँदै त्यस क्षेत्रका २५ वटा तस्बिर प्रदर्शनी गरेको थियो । ती तस्बिरमा भूकम्पबारे जनचेतना अभिवृद्धि गर्न काठमाडौँ उपत्यकामा गरिएका सडक नाटक तथा अन्य प्रभावित क्षेत्रका मानिस तथा समाजको अवस्था देखाइएको छ । भूकम्पमा करिब नौ हजारले ज्यान गुमाएका थिए भने विभिन्न सम्पदा, विद्यालय, कार्यालय, निजी घरलगायत संरचना भत्केर क्षति पुगेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित