FLASH NEWS
  • Loading...

‘सम्झनाका बगैँचा’ बजारमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १४ वैशाख । नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धमा केन्दित भएर डा सुनीलबाबु श्रेष्ठले लेख्नुभएको ‘सम्झना बगैँचा’ नामक पुस्तक आजदेखि बजारमा आएको छ ।

नेपाल–जापानबीच रहनसहन तथा त्यहाँका जनताको जीवनशैली र पर्यावरणीय महत्वमा जापानको लगावलाई लेखकले पुस्तकमा संस्मरणात्मक रुपमा प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गर्नुभयो । सो अवसरमा उपाध्यक्ष श्रेष्ठले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत ओगावाले पुस्तकले नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै उक्त पुस्तकलाई अङ्ग्रेजी एवम् जापानी भाषामा पनि प्रकाशन गर्न सुझाव दिनुभयो ।

पुस्तकको समीक्षा गर्दै प्रा राजेन्द्र सुवेदीले जापानी संस्कृति एवम् उनीहरुको जीवनशैली बुझ्नका लागि पुस्तकले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । रत्नपुस्तक भण्डारले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा २० वटा आत्मपरक निबन्ध समावेश छन् । लेखक श्रेष्ठ राष्ट्रिय योजना आयोगका सदस्य हुनुहुन्छ । उहाँका यसअघि ‘भावनाका तस्बिरहरु’ कविता सङ्ग्रह प्रकाशित भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित