FLASH NEWS
  • Loading...

‘मनको शल्यक्रिया’ बजारमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १७ वैशाख । गजलकार विपिन मर्मको ‘मनको शल्यक्रिया’ गजल सङ्ग्रह सार्वजनिक भएको छ ।

हातेमालो साहित्य सङ्गमले आज यहाँ आयोजना गरेको कार्यक्रममा गीतकार कृष्णहरि बरालले सो गजल सङ्ग्रह सार्वजनिक गर्दै साहित्य शब्दको खेल भएको बताउनुभयो ।

“साहित्यको जुनसुकै विधामा विषय जे भए पनि मन छुने भाव हुनुपर्छ, हाल वार्षिक रुपमा गजल सङ्ग्रह नै बढी निस्कन्छन, गजल गद्यमा हुँदैन, तर अहिले बलमिचाइँ हुन थालेको छ” – उहाँले भन्नुभयो ।

मर्मले आक्षरिक लयमा समसामयिक विषय वस्तुलाई समेटेर राम्रो गजल पाठकसमक्ष ल्याएको गीतकार बरालको भनाइ थियो । गजल सङ्ग्रहको समीक्षा गर्दै समीक्षक पोष्टराज चापागाइँले साहित्य मनसँग सम्बन्धित भएको र मर्मले समसामयिक घटनालाई गजलका रुपमा प्रस्तुत गर्नुभएको बताउनुभयो ।

गजलमा ‘लुट्न पाए लुट्ने नत्र भने फुट्ने’ जस्ता समसामयिक राजनीतिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा गजलकार मर्म, सङ्गमका अध्यक्ष दीपेन्द्र अश्रुमालीलगायतले गजलको सङ्ख्यात्मक मात्र नभई गुणात्मक विकास भइरहेको बताउनुभयो । सो अवसरमा गत चैत १२ गतेको कार्यक्रममा वाचन गरिएका १० उत्कृष्ट गजलकारलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित