FLASH NEWS
  • Loading...

मैथिली नाटकबाट सामाजिक जीवनमा सकारात्मक प्रभाव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail


जनकपुरधाम, २० वैशाख । मैथिली नाटकको सामाजिक जीवनमा सकारात्मक प्रभाव परेको धारणा नाटककार र अभियन्ताले व्यक्त गर्नुभएको छ ।

एन्टेना फाउन्डेसन र पपुलेशन मिडिया सेन्टर द्वारा यहाँ आयोजित ‘समाजिक परिवर्तनमा नाटकको भूमिका’ विषयक छलफल कार्यक्रमा उहाँहरूले नाटकका कारण सामाजिक विकृति विसङ्गतिका विरूद्धका स्वर सुनिन थालेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

उहाँहरूले गैरसरकारी सङ्घ संस्थाहद्वारा प्रस्तुत हुने जनचेतना नाटकमा दर्शकको सहभागिता उत्साहजनक देखिए पनि सो नाटकको प्रभाव उल्लेख्य नहुनु चिन्ताको विषय भएको बताउनुभयो ।

नाटककार महेन्द्र मलङ्गियाले नाटक संस्कृति भएकाले नाटक प्रदर्शनपछि कतिपय स्थानमा मनोक्रान्ति ल्याएको चर्चा गर्नुभयो । कपिय स्थानमा नाटक प्रदर्शनपछि दाइजो, छुवाछूत, बालविवाह, दासत्व, शोषणका विरूद्धमा समाज उभेको बताउँदै उहाँले नाटकलाई मर्न नदिन संरक्षणको आवश्यकता छ भन्नुभयो ।

फाउन्डेसनका अध्यक्ष राजेन्दप्रसाद शर्माले मैथिली भाषा मिथिलाको गहना भएकाले यस भाषामा प्रस्तुत हुने नाटक प्रभावकारी भएको तथ्य प्रस्तुत गर्नुभयो । सेन्टरका प्रतिनिधि राजन पराजुलीले सेन्टर र फाउन्डेसनद्वारा प्रस्तुत हुने मैथिली भाषाका रेडियो नाटकमा स्रोता अधिक देखिएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित