- Loading...
संविधान संशोधनमा नअल्झौँः नेपाल
- गोल्डेन खबर
- ७ साल अघि
- १२६ पटक पढिएको

पोखरा, २१ वैशाख । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुक निर्वाचनमय बनिसकेकाले संविधान संशोधनको मामलामा नअल्झन सवैसँग आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचनपछि मधेस केन्द्रित दल र जनजातिका असन्तुष्टिलाई सम्बोधन गर्न एमाले वार्तामा बस्न तयार रहेको बताउनुभयो ।
निर्वाचनअघि जबर्जस्ती संविधान संशोधन प्रस्ताव ल्याइए एमालेले कुनै हालतमा प्रस्ताव पास हुन नदिने दृढता व्यक्त गर्दै नेता नेपालले अहिलेको समय निर्वाचन हो, निर्वाचनसँग संविधान संशोधनको प्रस्तावले कुनै मेल खाँदैन भन्नुभयो ।
उहाँले संशोधनको प्रस्तावले सत्ताधारी पार्टीबीच अन्तरविरोध चर्को रुपमा उठेको उल्लेख गर्दै उहाँले आपसी द्वन्द्वकैै कारण सहभागी पार्टीले पनि सरकार छाडेको विचार व्यक्त गर्नुभयो । रासस