FLASH NEWS
  • Loading...

‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार श्रेष्ठ, प्रधान, शाह र मल्ललाई’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २१ वैशाख । यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सातौँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित ‘पुरस्कार वितरण’ समारोहमा जनही रु एक लाख राशिको सो पुरस्कार प्रदान गर्नुभयो ।

विसं २००० मा ओखलढुङ्गामा जन्मिनुभएका रायन (नारायण श्रेष्ठ) का ‘टुकी’ (कथा), ‘जितेन्द्र’ (कथा), ‘वेदना’ (गीति सङ्ग्रह) र ‘कहाली’ (गीति नाटक) लगायतका कृति प्रकाशित छन् । विसं २००५ मा काभ्रेमा जन्मिनुभएका राधेश्याम प्रदानले विभिन्न विद्यालय, विश्वविद्यालय र क्लवमा नृत्य प्रशिक्षण दिदैं आउनुभएको छ ।

त्यसैगरी २००६ सालमा दाङमा जन्मिनुभएकी गायिका चन्द्रकला शाहका ‘छ भने मायाँ छपकै लाइदेऊ’, ‘खर काटी खरौली’ र ‘मोहनी लगायौँ कि’ लगायतका दर्जनाँै चर्चित गीत बजारमा उपलब्ध छन् । विसं २०११ मा धनकुटामा जन्मिएका नाटककार अशेष मल्लले ‘शकुनी पासाहरू’, ‘रक्तबीज’ र ‘अनादिक्रम’ लगायतका नाटक प्रकाशन गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको गौरवलाई अझ माथि उठाउन साहित्य, सङ्गीत र कलालाई राष्ट्र प्रेमको भावनाले ओतप्रोत तुल्याउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो –“नेपालमा संविधान जारी भई देश सङ्घीय संरचना अगाडि बढिसकेको परिपेक्षमा प्रज्ञा– प्रतिष्ठानले पहिलोपटक प्रादेशिक आधारमा सङ्गीत, नृत्य र नाट्यसम्बन्धी अनुसन्धान परियोजना सञ्चालन गर्नु आफैँमा सकारात्मक पक्ष हो ।”

“प्रज्ञा–प्रतिष्ठानको गरिमा, विकास र सुदृढीकरण गरी हाम्रा गौरवशाली सिर्जनाको संरक्षण तथा सम्वद्र्धन गर्नका लागि भौतिक पूर्वाधार अपरिहार्य भएकाले यसमा सम्बन्धित पक्षले समयमै यथोचित ध्यान दिनेछ भन्ने अपेक्षा गर्दछु”– राष्ट्रपति भण्डारीले भन्नुभयो ।

प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरूभक्त) ले समग्र सांस्कृतिक पक्षको विकास, प्रवद्र्धन एवम् नेपालको विविधतामा एकतायुक्त मौलिक सांस्कृतिक योजना निर्माणका लागि सांस्कृतिक नीतिको आवश्यकता रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित