FLASH NEWS
  • Loading...

इनार सुके,पानीको हाहाकार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

Into the dark


गौशाला, २५ वैशाख । खानेपानीका लागि एकमात्र उपाय इनार रहेको महोत्तरीको भरतपुरमा ५० बढी इनार सुकेको छ ।

भौगोलिक दृष्टिकोणले विकट मानिएको त्यहाँ गर्मीयाम आउनासाथ पानीको सतह घटेर धेरै तल गइसकेर भरतपुरमा रहेका १०० वटा इनारमध्ये ५०÷६० वटा इनार पूर्णरुपमा सुकिसकेको छ भने बाँकी इनारको पानी पनि पाताल लाग्न थालेको स्थानीय स्वयम्सेविका सावित्री चौधरीले बताउनुभयो ।

केही दिनदेखिको चर्को घाम र प्रचण्ड गर्मीका कारण जिल्लाको उत्तरवर्ती क्षेत्रमा अवस्थित त्यस गाउँको ५०÷६० वटा इनार सुकिसकेपछि त्यहाँ पानीको हाहाकार रहेको पूर्व गाविस अध्यक्ष गङ्गाप्रसाद महतोले बताउनुभयो ।

त्यस गाउँका ५०÷६० वटा इनार एकैचोटी सुकिदिँदा त्यहाँ खानेपानीको विकराल समस्या उत्पन्न भएको र ती इनारबाट एक गाग्री पानी पनि निस्किने अवस्था नरहेको स्थानीय जीवछ महतोले बताउनुभयो ।

पानीको हाहाकार मचेपछि त्यहाँका प्रत्येक परिवारबाट एकजना सदस्यले विगत १५÷२० दिनदेखि दिनभरि खानेपानीको जोहोमा छिमेकी गाउँ र नदी नालामा जानुपरेको स्थानीय बताउँछन् ।

उनीहरुका अनुसार त्यहाँको कुनै पनि इनारमा पानी छैन र एक गाग्री पानीको लागि छिमेकी गाउँ वा समूह बनाएर नजिकको सहर बजारबाट पानी किनेर ल्याउनुपरेको छ ।

पानीको अभावमा त्यस गाउँका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा दुई÷तीन पटक मात्रै गर्ने गरेको पूर्व गाविस सचिव महेश्वर महतोले बताउनुभयो ।

त्यस गाउँमा छिमेकका पाँचवटा गाउँ मिलेर धेरै पहिले जडान गराइएका दुई वटा डिप बोर्डिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयलाई पानीको जोहोका लागि छिमेकी जिल्ला सर्लाहीको सहर बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाउँका नदी नाला र इनारमा जानुपर्ने बाध्यता रहेको पूर्व गाविस सचिव महतोले बताउनुभयो ।
यस क्षेत्रका किसाननगर, बिजलपुरा, हात्तीलेट, लक्ष्मीनियाँ, बेलगाछी, पशुपतिनगर तथा बर्दिवास र गौशाला नगरपालिकासहितका स्थानमा पनि खानेपानीको हाहाकार भएको स्थानीय बासिन्दा बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित