FLASH NEWS
  • Loading...

१०१ योजनाका साथ विद्यासुन्दर

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं—नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछि सय दिनमा गर्ने १०१ कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौंलाई सपनाको शहर बनाउने होडबाजीमा उत्रेका विभिन्न पार्टीका उम्मेदवारहरुले आ—आफ्नो प्रतिवद्धता जनाउने क्रममा शाक्यले सो योजना सुनाएका हुन् ।
उनको योजनाअनुसार जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनी असन बजार’ विभिन्न ठाउँमा सञ्चालनका लागि अध्ययन गर्ने, राज्यले दिदैं आएको मासिक सामाजिक सुरक्षा भत्तामा थप गरी ५ हजार पु¥याउने र त्यस्तो भत्ता बैंकमार्फत् सिधै पठाउने, ‘ग्रिन एन्ड क्लिन काठमाडौं’ अभियान तथा विद्युतीय सुशासन कार्यक्रम सुरु गर्ने जनाए ।
यस्तै ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सञ्चालन गर्ने शाक्यको प्रतिवद्धतामा उल्लेख छ । ‘कौसीखेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेती’ का लागि आवश्यक बाकस, मल, प्लास्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरुप अनुदानको व्यवस्था गर्ने, न्यून शुल्कमा बिरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने समेत उनले प्रतिवद्धता जनाए ।
एमालेका नेता शंकर पोखरेलले आफ्नो पार्टीले विगतमा स्थानीय तहको जिम्मेवारी पाउँदा सुरु गरेको आधुनिक र विकासका कामलाई निरन्तरता दिने बताए । उनले थप उपलब्धि हासिलका लागि यी कार्यक्रम अघि सारिएको बताए ।
महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितले प्रस्तावित १०१ कार्यक्रम सबै कार्यान्वयन गर्न सकिने खालका भएको र यस कार्यक्रमका कारण अन्य पार्टीका कार्यकर्तामा पनि एमालेप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित