FLASH NEWS
  • Loading...

सिंगो गाउँपालिका नै अन्धकार

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

तेह्रथुम—तेह्रथुमको पूर्वी क्षेत्रमा अवस्थित आठराई गाउ“पालिकाका बासिन्दा केन्द्रीय प्रसारण लाइनको विद्युत्बाट वञ्चित छन् ।
मुलुकलाई विद्युत् भार कटौती मुक्त बनाउने अभियान चलिरहेका बेला आफूहरूले भने विद्युतीकरणका लागि पटकपटक सम्बन्धित निकायस“ग माग गरेको स्थानीय बताउँछन् । तर आठराईमा अझैसम्म पनि विद्युत् विस्तार भएको छैन ।
वर्षौंदेखि विद्युत् सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दा विद्युत् नहुँदा अन्धकारमा बस्न बाध्य छन् । यह।का बासिन्दाले रातको अन्धकारलाई सोलार, टुकी बत्ती र साना जलविद्युत्ले चिरे पनि उद्योगधन्दा, सूचना प्रविधि र व्यक्तित्व विकास गर्न सकेका छैनन् । विद्युत् नहुँदा दिउँसै अँध्यारो महसुस भएको स्थानीय बताउँछन् ।
विद्युत्मा पहुँच नभएकै कारण आठराईमा सञ्चार सुविधासमेत भरपर्दो छैन । स्थानीयलाई मोबाइल चार्ज गर्नै समस्या छ । बाहिरबाट काम र घुमफिरका लागि आठराई पुग्नेले समेत मोबाइल चार्ज गर्न नपाएर सम्पर्कविहीन भएर बस्नुपर्ने अवस्था छ । हुने खानेका घरका छानामा सोलारका पाता टल्किएका छन् । विपन्नका घरमा अझै पनि मट्टितेल र टुकी बत्ती नै उज्यालोका माध्यम हुन् ।
ऐतिहासिक आठराई क्षेत्रमा पर्ने तेह्रथुमका ७ वटा गाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा जोडिएको छैन । हालको आठराई गाउँपालिकाको केन्द्रअर्थात् आठराईको मुख्य व्यापारिक केन्द्र सक्रान्ति बजार मात्रैमा पनि विद्युत् सुविधा पु¥याउने अभियान चलाएको वर्षौं बितेको छ । तर विद्युत् प्राधिकरणले आलटाल गरेरै टारिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको तेह्रथुम वितरण केन्द्रका प्रमुख इन्जिनियर दीपक दाहालले अब केही महिनाभित्रै सक्रान्तिबजारमा विद्युत् वितरण हुने बताए । जिरिखिम्ती सव–स्टेसनदेखि मोराहाङको फिडरबाट सम्दु इसिवु हँदै सक्रान्ति बजारमा ११ केभी ट्रान्सफर्मर राखेर विद्युत् विस्तारको तयारी अन्तिम पुगेको उनले बताए । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित