FLASH NEWS
  • Loading...

नवलपरासीमा एमालेको अग्रता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४८ पटक पढिएको
Post Thumbnail

नवलपरासी, १ जेठ । नवलपरासीमा आठ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ ।

जिल्लाको पहाडी हुम्सेकोट र बङ्दीकाली गाउँपालिकामा बाहेक अन्य सबैमा मतगणना कार्य जारी छ । अन्य छ वटा स्थानीय तहमा गएरातिदेखि नै मतगणना सुरु भएको हो । वर्षाका कारण मतपेटीका अबेर जम्मा भएका कारण हुप्सेकोटबाहेक बुङ्दीकाली गाउँपालिकामा मतगणना अहिले बिहानबाट गणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख कैलास केसीले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्वाचनमा नवलपरासीमा जिल्लामा १५ स्थानीय तहमध्ये प्रदेश नं ४ मा परेका आठ वटा स्थानीय तहमा निर्वाचन भएको थियो । जसअनुसार नगरपालिकातर्फ चार र गाउँपालिकातर्फ चार वटा रहेका छन् । नगरपालिकातर्फ, गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र गाउँपालिकातर्फ बुलिङटार, बुङ््दीकाली, हुप्सेकोट, बिनयी त्रिवेणीमा मतदान भएको थियो ।

जसअन्तर्गत गैँडाकोट नगरपालिकामा काँग्रेसबाट प्रमुखका उम्मेदवारले २१४, उपप्रमुखका उम्मेदवारले २२३, नेकपा९एमाले०बाट प्रमुखका उम्मेदवारले २५६ र माओवादीका उम्मेदवारले २४ मत प्राप्त गर्नुभएको छ । यस्तै कावासोतीमा काँग्रेसबाट प्रमुखमा ९१, एमालेबाट प्रमुखमा ७८, माओवादीबाट प्रमुखमा पाँच मत प्राप्त गर्नुभएको छ ।यस्तै देवचुलीमा काँग्रेसबाट प्रमुखमा ४९९, एमालेबाट प्रमुखमा ४२५, माओवादीबाट प्रमुखमा २६२ मत प्राप्त गर्नु भएको छ

यस्तै गैँडाकोटमा काँग्रेसबाट प्रमुखमा २१४, एमालेबाट प्रमुखमा २५६, माओवादीबाट प्रमुखमा २४ मत प्राप्त गर्नुभएको छ यस्तै मध्यबिन्दुमा काँग्रेसबाट प्रमुखमा ११८, एमालेबाट प्रमुखमा १६१, माओवादीबाट प्रमुखमा १५ मत प्राप्त गर्नुभएको छ । नवलपरासीको प्रदेश नं ४ मा कुल एक लाख ८६ हजार ८८१ मतदाता सङ्ख्या रहेकोमा करिब ७६ प्रतिशत मतदान भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित