FLASH NEWS
  • Loading...

१५ जेठमा कामचलाउ बजेट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रधानमन्त्रि प’ष्प कमल दाहालले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै १५ जेठमा बजेट ल्याउने सम्भावना देखिएको छ । यसअनुसार अर्थमन्त्री कृष्णबहादुर महराले नै चालु खर्च समावेश गरी कामचलाउ बजेट पेस गर्नेबारे दुई दलबीच सहमति भएको छ ।
संविधानले आउँदो आर्थिक वर्षको अनुमानित बजेट १५ जेठमै ल्याउनुपर्ने प्रस्ट व्यवस्था गरेको छ । दाहालको राजीनामा र देउवाको नियुक्ति नभएसम्म त्यो मिति गुज्रने स्थिति रहेकाले अहिलेकै सरकारले कामचलाउ बजेट ल्याउने सहमति जुटेको बताइन्छ ।
कामचलाउ बजेटमा कर्मचारीहरूको तलबभत्तालगायत प्रशासनिक खर्चका अतिरिक्त पुनर्निर्माणमा लाग्ने खर्च, पहिलो चरणको चुनावबाट बन्ने स्थानीय तहको निम्ति तत्काल गर्नुपर्ने खर्च र प्रदेश तथा संघीय चुनावका लागि चाहिने खर्च समेटिनेछन् ।
स्रोतका अनुसार १५ जेठमा कामचलाउ बजेट ल्याएपछि प्रधानमन्त्री देउवालाई सत्ता हस्तान्तरण गरिनेछ । त्यसपछि देउवाले नै दोस्रो चरणको स्थानीय तह निर्वाचन गराउनेछन् । त्यो निर्वाचनपछि देउवा सरकारले पूरक बजेट ल्याउनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित